क्यानसँगको सम्झौता तोडेका सन्दीप भन्छन्- कहिलेकाहीँ निर्णय छुट्टिन होइन, अघि बढ्न लिइन्छ « Khabarhub

क्यानसँगको सम्झौता तोडेका सन्दीप भन्छन्- कहिलेकाहीँ निर्णय छुट्टिन होइन, अघि बढ्न लिइन्छ


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


543
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) सँगको सम्झौता तोडेका छन् ।

उनले बुधबार सामाजिक सञ्जालमार्फत् क्यानसँगको सम्झौतालाई निरन्तरता दिन नसकिने बताएका हुन् । ‘धेरै सोच विचारपछि मैले यसपटक नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौतामा नरहने निर्णयमा पुगेको छु,’ उनले लेखेका छन् ।

बुधबार क्यानले स्कटल्याण्डमा हुने आगामी सिरिजमा खेल्ने नेपाली टोलीलाई बिदाइ गरेको केहीपछि सन्दीपले यस्तो निर्णय लिएका हुन् । लामिछानेले आफूलाई क्यानले निरन्तर सहयोग गरेको भन्दै धन्यवाद पनि दिएका छन् ।

उनले धेरै सोचविचारपछि केन्द्रीय अनुबन्ध अन्तर्गत नरहने निर्णय गरेको बताउँदै तर क्रिकेट वा राष्ट्रबाट टाढा हुने कदम नभएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘यो व्यक्तिगत र पेशागत रूपमा अझ परिपक्व हुने दिशातर्फको एक यात्रा हो ।’

उनले नेपाली क्रिकेट र आफ्नो व्यक्तिगत विकासमा क्यानको भूमिका निकै महत्वपूर्ण रहँदै आएको पनि बताएका छन् ।

म स्पष्ट रूपमा भन्न चाहन्छु, ‘सधैँझैँ त्यही जोश र समर्पणका साथ नेपालका लागि क्रिकेट खेलिरहनेछु, । यो गौरव र जिम्मेवारी सधैँ मेरो हृदयमा रहनेछ ।’

उनले जिन्दगी एक यात्रा भएको बताउँदै जहाँ समयसँगै बाटो र जिम्मेवारीहरू पनि रूपान्तरण हुने बताएका छन् । ‘अझै धेरै कुरा बाँकी छ—हेर्न, दिन र बन्न । म यो यात्राका आगामी अध्यायहरूप्रति उत्साहित छु—क्रिकेटसँगै, अनि त्योभन्दा पर पनि ।’

उनले देशप्रतिको निष्ठा र खेलप्रतिको मोह सधैँ आफ्नो कर्मको मूल केन्द्रमा रहने बताएका छन् । ‘कहिलेकाहीँ निर्णयहरू छुट्टिन होइन, बढ्न र उद्देश्य खोज्न गरिन्छ’, उनले भनेका छन्, ‘यात्रा जारी छ—नयाँ ऊर्जा र खुला मनका साथ ।’

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ३ : ५१ बजे

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की– पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी वर्षापछि

भोटेकोशीमा बाढीको जोखिमसँगै मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीको लगातार दोस्रो जित

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लगातार दोस्रो जित

केरुङ बाढीबाट चीनतर्फ पनि मृतकको संख्या बढ्दै, ५५४ जना बेपत्ता

ल्हासा– बुधबार चीनको सिचाङ स्वायत्त क्षेत्रस्थित केरुङ बन्दरगाहमा आएको पहिरो

बाढीपहिरोका कारण देशका विभिन्न सडक र राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न सडक तथा राजमार्ग अवरुद्ध भएका