जलविद्युत कम्पनीबाट जरिवानासहित रोयल्टी असुल गर्नुपर्ने « Khabarhub

महालेखाको प्रतिवेदन

जलविद्युत कम्पनीबाट जरिवानासहित रोयल्टी असुल गर्नुपर्ने


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महालेखा परीक्षकको कार्यालयले कानुन बनाएर जलविद्युत कम्पनीबाट रोयल्टीबापतको ब्याज र जरिवाना असुल गर्नुपर्ने औँल्याएको छ । 

जलविद्युत आयोजनाले सरकारलाई तिर्नुपर्ने रोयल्टी समयमा नबुझाउने गरेको तर, त्यसमा ब्याज र जरिवाना लिने नगरेकाले कानुन बनाएर असुल गर्नुपर्ने महालेखाले आफ्नो ६२औँ प्रतिवेदनको सारांशमा उल्लेख गरेको हो ।

गत आर्थिक वर्षको लेखापरीक्षणको सारांश प्रकाशन गर्दै महालेखापरीक्षकको कार्यालयले १६१ वटा जलविद्युत कम्पनीबाट ४३ करोड २२ लाख ५६ हजार रुपैयाँ रोयल्टी उठाउन बाँकी रहेको समेत जनाएको छ ।

‘आयोजनाले तिर्नुपर्ने रोयल्टी समयमा प्राप्त नभएकोमा ब्याज तथा जरिवाना लिने गरेको देखिँदैन । रोयल्टी बक्यौताको ब्याज तथा हर्जाना सम्बन्धमा कानुनी व्यवस्था गरी रोयल्टी रकम असुल गर्नुपर्दछ’, प्रतिवेदनमा उल्लेख छ ।

अघिल्लो आर्थिक वर्ष ०७९-८० मा विभिन्न जलविद्युत कम्पनीले सरकारलाई बुझाउनुपर्ने रोयल्टी २८ करोड ६९ लाख ९५ हजार रहेकोमा गत आर्थिक वर्षसम्ममा ठूलो मात्रामा बढेको महालेखाले जनाएको छ ।

 १६१ वटा जलविद्युत कम्पनीबाट गत आर्थिक वर्षमा अर्ब ४४ करोड ४४ लाख ४६ हजार रुपैयाँ असुल गरेको समेत महालेखाले जनाएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ४ : ०४ बजे

इरानले हिन्द महासागरमा थाल्यो ‘अपरेशन ट्रु प्रमिस ४’, निशानामा अमेरिकी जहाज

तेहरान- इरानले हिन्द महासागरमा ‘अपरेशन ट्रु प्रमिस ४’ सञ्चालन गरेको

‘निर्वाचनको पूर्वव्यवस्था सबै सम्पन्न भइसकेको छ’

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको

इरानी वायुसेनाले मध्यपूर्वस्थित अमेरिकी बेसहरूलाई निशाना बनायो

तेहरान- इरानी सेनाले मध्यपूर्वस्थित अमेरिकी बेसहरूमा फेरि हमला थालेको छ

तस्बिरमा यस्तो देखियो कांग्रेस काठमाडौं १० को चुनावी सभा

काठमाडौं– नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नम्बर १० मा चुनावी सभा

माओवादी पूर्वकेन्द्रीय सदस्य र रास्वपा बागमती सदस्यसहित ११ जना एमालेमा प्रवेश, बादलले गरे स्वागत

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट ११ जना