‘निर्वाचनको पूर्वव्यवस्था सबै सम्पन्न भइसकेको छ’ « Khabarhub

‘निर्वाचनको पूर्वव्यवस्था सबै सम्पन्न भइसकेको छ’


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको पूर्वव्यवस्था सबै सम्पन्न भइसकेको बताएका छन् । 

प्रेस काउन्सिलले आइतबार काठमाडौंमा आयोजना गरेको मौन अवधि र मिडिया विषयक अन्तर्क्रियामा भण्डारीले मतदान सामाग्री, जनशक्तिलगायतका निर्वाचनका लागि आवश्यक सबै व्यवस्था सम्पन्न भइसकेको बताएका हुन् ।

फागुन २१ गते हुने निर्वाचनमा १ करोड ८९ लाख ३ हजार ६९९ मतदातालाई २३ हजार १ सय १२ मतदान केन्द्रमा गएर मत दिने अधिकार सुरक्षित गरिएको उनले बताए । भण्डारीले मतदानका लागि धेरै समय कुर्न नपर्नेगरि प्रविधिमैत्री बनाइएको जानकारी दिए ।

उनले आचारसंहिताको सबैले पालना गरेर निर्वाचनलाई सफल पार्नु सबैको दायित्व भएको धारणा राखे  । निर्वाचनका लागि फागुन १८ गते मध्यरातीदेखि मौन अवधि सुरु हुने भएकाले यसको पूर्णपालना गर्न सञ्चारजगतलाई उनले आग्रह गरे ।

मौन अवधिमा उम्मेदवारको पक्ष वा विपक्षमा समाचार प्रकाशित गर्न नहुने भन्दै उनले बरु मतदाता शिक्षा, निर्वाचन प्रक्रिया लगायतका विषयमा कलम चलाउन सुझाव दिए ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचनमा सामाजिक सञ्जालको दुरुपयोग रोक्न आयोग गम्भीर भएर लागेको भन्दै झुटा सामाग्री प्रचार गर्नेविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिए । 
 

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ३ : २३ बजे

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)

‘भोटेकोशीमा तत्काल बाढी आउने सम्भावना छैन’

काठमाडौँ । भोटेकोसी नदीमा तत्काल ठूलो बाढी आउने सम्भावना नदेखिएको

धैर्य, एकता र कर्तव्यका साथ पुनर्निर्माणमा अघि बढौँ : प्रधानमन्त्री शाह

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले धैर्य एकता र कर्तव्यका साथ विपद्को