मधेश प्रदेशको बेरुजु सबैभन्दा धेरै, बागमतीमा सबैभन्दा कम « Khabarhub

महालेखाको प्रतिवेदन

मधेश प्रदेशको बेरुजु सबैभन्दा धेरै, बागमतीमा सबैभन्दा कम


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रदेश सरकारहरूमध्ये सबैभन्दा धेरै बेरुजु मधेश रहेको छ । महालेखापरीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्षको लेखापरीक्षणको सारांशअनुसार सबै प्रदेशमध्ये मधेश प्रदेशको बेरुजु सबैभन्दा धेरै देखिएको हो ।

गत आर्थिक वर्षमा प्रदेश सरकारतर्फ लेखापरीक्षण अंकको तुलनामा १.३६ प्रतिशत बेरुजु कायम भएकोमा सबैभन्दा बढी मधेश प्रदेशको २.५७ प्रतिशत रहेको महालेखाको प्रतिवेदनले देखाएको छ । त्यस्तै, सबैभन्दा कम बेरुजु बागमती प्रदेशको ०.८२ प्रतिशत रहेको छ ।

त्यस्तै, स्थानीय तहहरूको लेखापरीक्षण अंकको तुलनामा २.२६ प्रतिशत बेरुजु देखिएको महालेखाले औँल्याएको छ । जसमध्ये ५ प्रतिशत भन्दा कम बेरुजु हुने स्थानीय तहको संख्या ६९२ वटा र ५ देखि १५ प्रतिशत बेरुजु हुने स्थानीय तहको संख्या ६८ वटा रहेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ५ : ०१ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या