मधेश प्रदेशको बेरुजु सबैभन्दा धेरै, बागमतीमा सबैभन्दा कम « Khabarhub

महालेखाको प्रतिवेदन

मधेश प्रदेशको बेरुजु सबैभन्दा धेरै, बागमतीमा सबैभन्दा कम


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रदेश सरकारहरूमध्ये सबैभन्दा धेरै बेरुजु मधेश रहेको छ । महालेखापरीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्षको लेखापरीक्षणको सारांशअनुसार सबै प्रदेशमध्ये मधेश प्रदेशको बेरुजु सबैभन्दा धेरै देखिएको हो ।

गत आर्थिक वर्षमा प्रदेश सरकारतर्फ लेखापरीक्षण अंकको तुलनामा १.३६ प्रतिशत बेरुजु कायम भएकोमा सबैभन्दा बढी मधेश प्रदेशको २.५७ प्रतिशत रहेको महालेखाको प्रतिवेदनले देखाएको छ । त्यस्तै, सबैभन्दा कम बेरुजु बागमती प्रदेशको ०.८२ प्रतिशत रहेको छ ।

त्यस्तै, स्थानीय तहहरूको लेखापरीक्षण अंकको तुलनामा २.२६ प्रतिशत बेरुजु देखिएको महालेखाले औँल्याएको छ । जसमध्ये ५ प्रतिशत भन्दा कम बेरुजु हुने स्थानीय तहको संख्या ६९२ वटा र ५ देखि १५ प्रतिशत बेरुजु हुने स्थानीय तहको संख्या ६८ वटा रहेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ५ : ०१ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।