पाठ्यक्रमबाट हटाइएको २२ वर्षपछि नैतिक शिक्षा समावेश गर्न महालेखाको सुझाव « Khabarhub

पाठ्यक्रमबाट हटाइएको २२ वर्षपछि नैतिक शिक्षा समावेश गर्न महालेखाको सुझाव


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महालेखा परीक्षकको कार्यालयले सरकारलाई जवाफदेहिता र निष्ठा प्रवर्धन गर्न विद्यालय तहदेखि नै नैतिक शिक्षाका विषय समावेश गर्न सुझाएको छ ।

बासट्ठिऔँ वार्षिक प्रतिवेदनमा सरकारको प्रमुख लेखापरीक्षक संस्थाले पाठ्यक्रमबाटै हटाइएको २२ वर्षपछि ‘नैतिक पूर्वाधार निर्माण गर्न विद्यालय तहदेखि नै नैतिक शिक्षाका विषय समावेश गरिनुपर्ने’ सुझाव दिएको हो ।

हाल प्रमुख प्रतिपक्षी रहेको तत्कालीन नेकपा (माओवादी)ले व्यवस्थाविरुद्ध सशस्त्र सङ्घर्ष गर्दा संस्कृत र नैतिक शिक्षाको पठनपाठन रोक्न बलसमेत प्रयोग गरेको थियो । देशको ग्रामीण क्षेत्रका अधिकांश विद्यालयहरूमा मा‌ओवादी सङ्घर्षकालमै यी दुबै विषयको पठनपाठन ठप्प भएको थियो ।

वि.सं. २०६२/६३ को जनआन्दोलनपछि शान्तिपूर्ण संसदीय राजनीतिमा आएको माओवादीकै पहलमा संस्कृत र नैतिक शिक्षाको पाठ्यक्रमलाई पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रम संशोधन नै नगरी हटाएको थियो । नैतिक शिक्षाका केही अध्याय सामाजिक शिक्षा लगायतमा समेटेर पठनपाठन थालिएको केन्द्रले जनाएको थियो ।

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘विद्यालय शिक्षा विधेयक’मा नैतिक शिक्षालाई छुट्टै विषयका रूपमा राख्नुपर्ने माग उठेको थियो । प्रतिवेदन लेख्ने उपसमितिलाई समितिले वैशााख २२ गते १० दिनको म्याद दिएको छ । यद्यपी, विधेयकको प्रतिवेदनमा संसदीय समितिले नैतिक शिक्षाको पठनपाठन पुनः थाल्नेबारे लेख्ने/नलेख्ने टुङ्गो छैन ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ५ : ५७ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्