भारतसामु बलोचिस्तानका नेताको हारगुहार: पाकिस्तानबाट मुक्त गरिदेऊ « Khabarhub

भारतसामु बलोचिस्तानका नेताको हारगुहार: पाकिस्तानबाट मुक्त गरिदेऊ


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलोचिस्तानका एक जना प्रभावशाली नेताले पाकिस्तानबाट आफ्नो क्षेत्रलाई स्वतन्त्रता दिलाइदिन भारतसमक्ष माग गरेका छन् । सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै बलोच नेता मिर यार बलोचले बुधबार भारतसमक्ष पाकिस्तानको कब्जाबाट बलोचिस्तानलाई मुक्त गरिदिन आग्रह गरेका हुन् ।

पाकिस्तानले बलोचिस्तानमा दशकौँदेखि हिंसा, जबरजस्ती बेपत्ता र मानवअधिकार उल्लङ्घनका घटना गराउँदै आएको बताए । बलोच जनतालाई आफ्नो राष्ट्रिय निर्णय लिन सडकमा ओर्लिन पनि उनले आह्वान गरे ।

उनले भारतलगायत विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थालाई समेत सहयोगको अपिल गरेका छन् । भारत र पाकिस्तानबीच सैन्य टकराव थामिएपछि बलोच नेताको यस्तो आह्वान सार्वजनिक भएको हो । पाकिस्तानले लामो समयदेखि भारतको उक्साहटमा बलोचिस्तानमा पृथकतावादी गतिविधि हुने गरेको आरोप लगाउँदै आएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ८ : ५२ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।