कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा सातौँ पटक मिर्गौला प्रत्यारोपण « Khabarhub

कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा सातौँ पटक मिर्गौला प्रत्यारोपण


३१ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा सातौँ पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण  गरिएको छ ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको समन्वय तथा प्राविधिक सहयोगमा युरोलोजी विभाग प्रमुख तथा मिर्गौला प्रत्यारोपण विशेषज्ञ डा. दिपेश श्रेष्ठको नेतृत्वमा सफल प्रत्यारोपण भएको हो ।

प्रत्यारोपण टोलीमा केन्द्रका अनुभवी युरोलोजी सर्जन डा. रोजन अधिकारी, ट्रान्सप्लान्ट फेलो डा. विकास खड्का, एनस्थेसियोलोजिस्ट डा. सोवित थापा, नेफ्रोलोजिस्ट डा. सन्तोष सुवेदी, मेडिकल अधिकृत डा. बादल महर्जन, नर्सिङ स्टाफ कमला बोगटी, रबिना पक्का र दीपा केसीको सक्रिय सहभागिता रहेको थियो ।

त्यसैगरी, कर्णाली प्रदेश अस्पताल, सुर्खेतका विभाग प्रमुख तथा सर्जन डा. गणेश थापा, सर्जन डा. विजय घिमिरे, डा. पुजन बल्ला नेतृत्वको एनेस्थेसिया टोली, नर्सिङ स्टाफ प्रभा रावल नेतृत्वको ओटी नर्सिङ स्टाफहरू, र नर्सिङ स्टाफ इन्दिरा उपाध्याय नेतृत्वको आईसीयू नर्सिङ स्टाफहरूको समेत महत्वपूर्ण सहयोग रहेको थियो ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले प्रदेशस्तरीय अस्पतालहरूसँग सहकार्य गर्दै देशभर प्रत्यारोपण सेवाको पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ।

प्रकाशित मिति : ३१ जेठ २०८२, शनिबार  ८ : ३८ बजे

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो : नासा

एजेन्सी– अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर

दातृ निकायबाट प्राप्त राहत सामग्री तत्काल पीडितलाई प्रदान गर्न माग

काठमाडौं– प्रतिनिधिसभा सदस्यहरूले दातृ निकायबाट बाढी प्रभावितका लागि प्राप्त राहत

धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

बागमती– हरेक वर्ष विश्वकर्मा पूजा होस् वा दसैँको नवरात्र, हेटौँडा