गगन थापाको नयाँ प्रस्ताव- क्रियाशील सदस्यबाट सभापति चुनाैँ « Khabarhub

गगन थापाको नयाँ प्रस्ताव- क्रियाशील सदस्यबाट सभापति चुनाैँ


३१ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा देखिँदै आएको गुटबन्दी अन्यका लागि नयाँ प्रस्ताव गरेका छन् । कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ६ प्रदेश ‘क’ काठमाडौंको तेस्रो सम्मेलन तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै गुटबन्दी अन्यका लागि नयाँ प्रस्ताव गरेका हुन् । 

पार्टीका क्रियाशील सबै सदस्यहरूबाट सभापति चुन्ने व्यवस्था गरिए लामो समयदेखि देखिँदै आएको गुटबन्दी अन्त्य हुने महामन्त्री थापाको भनाइ छ । उनले कांग्रेसको विद्यमान नेतृत्व चयनको प्रक्रिया परिवर्तन गरेर सबै क्रियाशील सदस्यहरूबाट नेतृत्व चयन गर्ने व्यवस्था नगर्दासम्म गुटबन्दी रहिरहने पनि बताए ।
 
‘साथीहरू तयार हो भने पार्टीको गुटबन्दी खत्तम गर्ने एउटा अचुक अस्त्र छ । नेपाली कांग्रेसमा ८ लाख ६६ हजार क्रियाशील सदस्य छौँ। यो पटक अलिकति रिन्यु गर्ने सबै गर्दा नयाँ थपिँदा मानौँ १२ लाख भयो रे ल,’ उनले भने, ‘सिधै त्यो १२ लाख मान्छेले कांग्रेसको सभापति छान्ने व्यवस्था गरौँ त ल । १२ लाख मान्छेबाट निर्वाचित भएको कांग्रेसको सभापतिले जसले गुट बनायो त्यो ध्वस्त । त्यो सकियो । होइन भने गुट त बन्छ, जति भाषण गरे पनि ।’

महामन्त्री थापाले ०८३ साल मंसिरभन्दा अगाडि नै कांग्रेसको १५ औँ महाधिवेशन हुने दाबीसमेत गरे ।

‘हामीले २०८३ साल मंसिरभन्दा अगाडि नै अधिवेशन गरिसक्नुपर्छ । तपाईंहरू कसैको दिमागमा कहीँ कतै यो ०८४ सालको निर्वाचनपछि अधिवेशन हुन्छ भन्ने आशंका छ भने त्यो भ्रमबाट निस्किहाल्नुस्,’ उनले भने ।

प्रकाशित मिति : ३१ जेठ २०८२, शनिबार  १ : २४ बजे

स्वास्थ्य अवस्थाका कारण कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट लिए विश्राम

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका नेता कृष्णबहादुर महराले स्वास्थ्य अवस्थालाई कारण

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

काठमाडौं- फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको पहिलो राउण्डका खेलहरू

स्टार्टअपलाई दुई दिनभित्रै दर्ता गरिने, सरकारले ल्यायो ‘फास्ट ट्रयाक’ कार्ययोजना

काठमाडौं– नेपाल सरकारले उद्यमशीलता प्रवर्धन र लगानीको वातावरणमा सुधार गर्न

झोलामा खोलाको प्रवृत्ति अन्त्य गरेरै छाड्छु : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले झोलामा खोलाको

यस्तो छ अमेरिका-इरानबीच भएको १४ बुँदे समझदारीपत्र (पूर्णपाठ)

काठमाडौं- अमेरिका र इरानबीच युद्धविरामको अवधि थप गर्ने सहमति कार्यान्वयनमा