गगन थापाको नयाँ प्रस्ताव- क्रियाशील सदस्यबाट सभापति चुनाैँ | Khabarhub Khabarhub

गगन थापाको नयाँ प्रस्ताव- क्रियाशील सदस्यबाट सभापति चुनाैँ


३१ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा देखिँदै आएको गुटबन्दी अन्यका लागि नयाँ प्रस्ताव गरेका छन् । कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ६ प्रदेश ‘क’ काठमाडौंको तेस्रो सम्मेलन तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै गुटबन्दी अन्यका लागि नयाँ प्रस्ताव गरेका हुन् । 

पार्टीका क्रियाशील सबै सदस्यहरूबाट सभापति चुन्ने व्यवस्था गरिए लामो समयदेखि देखिँदै आएको गुटबन्दी अन्त्य हुने महामन्त्री थापाको भनाइ छ । उनले कांग्रेसको विद्यमान नेतृत्व चयनको प्रक्रिया परिवर्तन गरेर सबै क्रियाशील सदस्यहरूबाट नेतृत्व चयन गर्ने व्यवस्था नगर्दासम्म गुटबन्दी रहिरहने पनि बताए ।
 
‘साथीहरू तयार हो भने पार्टीको गुटबन्दी खत्तम गर्ने एउटा अचुक अस्त्र छ । नेपाली कांग्रेसमा ८ लाख ६६ हजार क्रियाशील सदस्य छौँ। यो पटक अलिकति रिन्यु गर्ने सबै गर्दा नयाँ थपिँदा मानौँ १२ लाख भयो रे ल,’ उनले भने, ‘सिधै त्यो १२ लाख मान्छेले कांग्रेसको सभापति छान्ने व्यवस्था गरौँ त ल । १२ लाख मान्छेबाट निर्वाचित भएको कांग्रेसको सभापतिले जसले गुट बनायो त्यो ध्वस्त । त्यो सकियो । होइन भने गुट त बन्छ, जति भाषण गरे पनि ।’

महामन्त्री थापाले ०८३ साल मंसिरभन्दा अगाडि नै कांग्रेसको १५ औँ महाधिवेशन हुने दाबीसमेत गरे ।

‘हामीले २०८३ साल मंसिरभन्दा अगाडि नै अधिवेशन गरिसक्नुपर्छ । तपाईंहरू कसैको दिमागमा कहीँ कतै यो ०८४ सालको निर्वाचनपछि अधिवेशन हुन्छ भन्ने आशंका छ भने त्यो भ्रमबाट निस्किहाल्नुस्,’ उनले भने ।

प्रकाशित मिति : ३१ जेठ २०८२, शनिबार  १ : २४ बजे

सुनसरी दुर्घटना अपडेट : मृतकको सङ्ख्या पाँच पुग्यो

सुनसरी – सुनसरी भोक्राहा–नरसिंह गाउँपालिका–३ जलुवा टोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।

शंकर पोखरेलले भने : पार्टीका आन्तरिक विषय सम्बन्धित बैठकमा छलफल गर्नुपर्छ

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका आन्तरिक विषय

अलास्कामा हुने ट्रम्प–पुटिन वार्ताः रणनीतिक महत्वको समीक्षा

मस्को – आगामी शुक्रबार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका

चलचित्र ‘माग्ने राजा’ माग्ने बुढा पात्रकै वृत्तान्त

काठमाडौं – करिब दुईदशकदेखि टेलिभिजन र नेपाली चलचित्रमा माग्ने बुढा