इजरायली आक्रमणपछि आणविक वार्ता अर्थहीन : इरान « Khabarhub

इजरायली आक्रमणपछि आणविक वार्ता अर्थहीन : इरान


३१ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


624
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायली आक्रमणपछि इरानले आणविक वार्ताको औचित्य सकिएको बताएको छ । शुक्रबार इरानले आफ्नो आणविक कार्यक्रमबारे चलिरहेको वार्ताको औचित्य सकिएको बताएको हो ।

इरानले इजरायली आक्रमणमा अमेरिकाले सहयोग गरेको आरोप पनि लगाएको छ । ‘अर्को पक्ष (अमेरिका) ले जस्तो काम गरिरहेको छ, यसले वार्तालाई अर्थहीन बनाउँछ । जायोनी सत्तालाई इरानी भूमिमा आक्रमण गर्न दिएर तपाईँ वार्ताको दाबी गर्न सक्नुहुन्छ ।’ इरानी विदेश मन्त्रालयका प्रवक्ता एस्माएइल बघेईलाई उद्धृत गर्दै इरानको तस्निम समाचार संस्थाले जनाएको छ । इजरायली अस्तित्वलाई अस्वीकार गर्ने इरानले इजरायललाई ‘जायोनी सत्ता’ को संज्ञा दिने गरेको छ ।

इरानले यसअघि अमेरिकामाथि इजरायली आक्रमणमा सहभागी भएको आरोप लगाएको थियो । हाल अमेरिका र इरानबीच आणविक कार्यक्रमका बारेमा वार्ताका विभिन्न चरण चलिरहेको छ । यसअघि आइतबार दुई मुलुकबीच ओमनको राजधानी मस्कटमा वार्ताको छैटौँ चरण शुरु हुने बताइएको थियो । उक्त वार्ता के हुने भन्ने अझै स्पष्ट छैन ।

अमेरिकाले भने इजरायली आक्रमणमा आफ्नो कुनै संलग्नता नरहेको बताउँदै आएको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा अमेरिकी पक्षले इरानलाई आणविक कार्यक्रमबारे वार्ता गर्नु ‘बुद्धिमानी’ हुने बताएको थियो ।

यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समाचार संस्था रोयटर्सलाई बताएअनुसार उनी र उनको टिमलाई इजरायलले आक्रमण गर्ने पूर्वजानकारी थियो । तर, इजरायली आक्रमणका बावजुद इरानसँग सम्झौता हुने सम्भावना भने कायमै रहने उनको विश्वास थियो ।

आणविक हतियार विकास गर्न इरानले युरेनियम प्रशोधन गर्दै आएको इजरायलले आरोप लगाउने गरेको छ । इरानले भने आफ्नो आणविक कार्यक्रम नागरिक प्रयोजनका लागि मात्रै रहेको बताउने गरेको छ ।

प्रकाशित मिति : ३१ जेठ २०८२, शनिबार  १ : २७ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण