इजरायली आक्रमणपछि आणविक वार्ता अर्थहीन : इरान « Khabarhub

इजरायली आक्रमणपछि आणविक वार्ता अर्थहीन : इरान


३१ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


624
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायली आक्रमणपछि इरानले आणविक वार्ताको औचित्य सकिएको बताएको छ । शुक्रबार इरानले आफ्नो आणविक कार्यक्रमबारे चलिरहेको वार्ताको औचित्य सकिएको बताएको हो ।

इरानले इजरायली आक्रमणमा अमेरिकाले सहयोग गरेको आरोप पनि लगाएको छ । ‘अर्को पक्ष (अमेरिका) ले जस्तो काम गरिरहेको छ, यसले वार्तालाई अर्थहीन बनाउँछ । जायोनी सत्तालाई इरानी भूमिमा आक्रमण गर्न दिएर तपाईँ वार्ताको दाबी गर्न सक्नुहुन्छ ।’ इरानी विदेश मन्त्रालयका प्रवक्ता एस्माएइल बघेईलाई उद्धृत गर्दै इरानको तस्निम समाचार संस्थाले जनाएको छ । इजरायली अस्तित्वलाई अस्वीकार गर्ने इरानले इजरायललाई ‘जायोनी सत्ता’ को संज्ञा दिने गरेको छ ।

इरानले यसअघि अमेरिकामाथि इजरायली आक्रमणमा सहभागी भएको आरोप लगाएको थियो । हाल अमेरिका र इरानबीच आणविक कार्यक्रमका बारेमा वार्ताका विभिन्न चरण चलिरहेको छ । यसअघि आइतबार दुई मुलुकबीच ओमनको राजधानी मस्कटमा वार्ताको छैटौँ चरण शुरु हुने बताइएको थियो । उक्त वार्ता के हुने भन्ने अझै स्पष्ट छैन ।

अमेरिकाले भने इजरायली आक्रमणमा आफ्नो कुनै संलग्नता नरहेको बताउँदै आएको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा अमेरिकी पक्षले इरानलाई आणविक कार्यक्रमबारे वार्ता गर्नु ‘बुद्धिमानी’ हुने बताएको थियो ।

यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समाचार संस्था रोयटर्सलाई बताएअनुसार उनी र उनको टिमलाई इजरायलले आक्रमण गर्ने पूर्वजानकारी थियो । तर, इजरायली आक्रमणका बावजुद इरानसँग सम्झौता हुने सम्भावना भने कायमै रहने उनको विश्वास थियो ।

आणविक हतियार विकास गर्न इरानले युरेनियम प्रशोधन गर्दै आएको इजरायलले आरोप लगाउने गरेको छ । इरानले भने आफ्नो आणविक कार्यक्रम नागरिक प्रयोजनका लागि मात्रै रहेको बताउने गरेको छ ।

प्रकाशित मिति : ३१ जेठ २०८२, शनिबार  १ : २७ बजे

डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल

ललितपुर – नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।

दाङ शाखाको ३३औँ स्थापना दिवस : पत्रकारलाई पेसामा टिकाउन राज्यले लगानी गर्नुपर्ने

देउखुरी– नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले श्रमजीवी पत्रकारलाई पेसामा

पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट सम्पन्न

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासले नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन