इरानद्वारा इजरायलमा जबाफी आक्रमण « Khabarhub

इरानद्वारा इजरायलमा जबाफी आक्रमण


३१ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

एजेनसी– इस्लामिक गणतन्त्र इरानको आणविक र सैन्य सुविधालाई लक्षित गरी इजरायलले गरेको आक्रमण पछि इरानले शनिबार इजरायलमा जबाफी आक्रमण गरेको छ । शनिबार इजरायली सेनाले बासिन्दाहरूलाई  सुरक्षित आश्रयमा शरण लिन आह्वान गर्दै इरानबाट दर्जनौँ क्षेप्यास्त्र प्रहार गरिएको बताएको छ ।

इरानले इजरायलका दर्जनौँ लक्ष्यहरूमा आक्रमण गर्दा तेल अवीवको डाउनटाउनका भवनहरू माथि धुवाँ उडिरहेको एएफपीले जनाएको छ । इजरायली अग्निशमन सेवाले आफ्नो टोलीले इरानी क्षेप्यास्त्र आक्रमणको प्रतिक्रियामा प्रतिक्रिया दिँदै भवनमा फसेका मानिसहरूलाई उद्धार गर्ने काम गरिरहेको बताएको छ ।

इजरायली मिडिया रिपोर्टका अनुसार गुस दान क्षेत्रबाट ३४ जना घाइतेहरूको उद्धार गरेको उद्धारकर्ताहरूले बताएका छन् । उनीहरूका अनुसार ती मध्ये एक महिलाको उपचारको क्रममा मृत्यु भएको थियो ।

इरानको राजधानी तेहरानमा शनिबार मेहराबाद विमानस्थलबाट आगो र भारी धुवाँ निस्किएको एएफपीले जनाएको छ भने स्थानीय मिडियाले उक्त क्षेत्रमा विस्फोट भएको रिपोर्ट गरेका छन् ।  

यसअघि इरानले आफ्नो हवाई रक्षा प्रणाली सक्रिय गरेको र राजधानी भरि विस्फोटको आवाज सुनिएको बताएको थियो । दर्जनौँ मानिसहरू आफ्नो देशको सैन्य प्रतिक्रियालाई उत्साहित गर्न तेहरानको सडकमा  राष्ट्रिय झण्डा फहराउदै इजरायल विरोधी नारा लगाएको जनाइएको छ ।  

संयुक्त राष्ट्रसंघका लागि इरानी राजदूतले शुक्रबार इजरायलले गरेको आक्रमणमा ७८ जनाको मृत्यु हुनुका साथै ३२० जना घाइते भएको बताएका छन्  ।  

आक्रमण पछि संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेरेसले दुई राष्ट्रलाई युद्ध विराम गर्न आह्वान गरेका छन्। उनले सामाजिक सञ्जाल एक्स मार्फत युद्ध रोक्ने समय आएकाले कुटनैतिक समाधानको बाटोमा जानु पर्ने बताएका छन् ।  

प्रकाशित मिति : ३१ जेठ २०८२, शनिबार  ३ : ०५ बजे

एन्फाका कोषाध्यक्ष र लेखापाल पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष र

भोटेकोशी बाढीको नामाकरण गर्दैछ सरकार

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको नामकरण

क्रियाशील सदस्यता विवादपछि कांग्रेस सर्लाहीका दुई नेताले दिए राजीनामा

काठमाडौं – नेपाली कांग्रेस सर्लाहीमा क्रियाशील सदस्यता वितरण तथा नवीकरणको

पार्टीको वडा अधिवेशनमा सहभागी हुन कांग्रेसको आग्रह

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

४२ उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ४२