भारतद्वारा नेपाललाई ४० एम्बुलेन्स हस्तान्तरण  « Khabarhub

भारतद्वारा नेपाललाई ४० एम्बुलेन्स हस्तान्तरण 


३१ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत सरकारले आज नेपालका विभिन्न जिल्लामा फैलिएका विभिन्न स्वास्थ्य संस्थाहरूलाई ४० वटा एम्बुलेन्स प्रदान गरेको छ । 

एम्बुलेन्स  हस्तान्तरण समारोह काठमाडौंस्थित भारतीय राजदूतावास, वीरगंजस्थित भारतको महावाणिज्य दूतावास र पोखरा र धरानस्थित भारतीय दूतावासको पेन्सन भुक्तानी कार्यालयहरुसहित चार स्थानमा एकसाथ आयोजना गरिएको थियो ।

 नेपालका विभिन्न ३३ जिल्लालाई समेट्दै कुल ४० वटा एम्बुलेन्स उपहारस्वरूप प्रदान गरिएको हो । यी मध्ये २२ वटा एम्बुलेन्स काठमाडौंमा हस्तान्तरण गरिएको थियो । साथै, भारत सरकारका प्रतिनिधिहरूद्वारा वीरगञ्जमा ७ वटा, पोखरामा ७ वटा र धरानमा ४ वटा एम्बुलेन्स हस्तान्तरण गरिएको थियो ।

काठमाडौंमा आयोजित समारोहमा भारतीय राजदूतावास, काठमाडौंका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका थिए।

कार्यक्रममा बागमती, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका नगरपालिका र गाउँपालिकाका मेयर र अध्यक्षहरूका साथै विभिन्न लाभार्थी संस्थाका प्रतिनिधिहरू, राजनीतिक प्रतिनिधिहरू र समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ३१ जेठ २०८२, शनिबार  ७ : १७ बजे

राहदानी खरिद : जलाइएको घरको भित्तामा म्याद तामेली, आरजुले ईमेलमा भनिन्, ‘उपचारमा छु, तत्कालै आउन सक्दिनँ’

काठमाडौं– राहदानी खरिद प्रकरणमा भ्रष्टाचार भएको आरोपबारे बयानका लागि बोलाउँदै

खेल ओझेलमा, उमेर चर्चामा

काठमाडौं – पोर्चुगिच स्टार स्टाइकर क्रिस्टियानो रोनाल्डोले प्राप्त गर्न नसकेको

अमेरिका-इरान प्रारम्भिक वार्ता स्विट्जरल्याण्डमा हुने

एजेन्सी– अमेरिका र इरानबीच भएको युद्धविरामपछि प्रारम्भिक चरणको प्रत्यक्ष वार्ता

नेपाल लाइफ बन्यो हिमालय स्पोर्ट्ससँगको सहकार्यमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप २०२६ को

रास्वपा विधान : दुई महामन्त्री रहने, पदाधिकारीमा दुई महिला अनिवार्य

काठमाडौं– तीन दिनपछि चितवनमा महाधिवेशन गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीको