प्राप्त उपलब्धि संस्थागत गरेर थप उपलब्धि खोजौँ : उपप्रधानमन्त्री सिंह « Khabarhub

प्राप्त उपलब्धि संस्थागत गरेर थप उपलब्धि खोजौँ : उपप्रधानमन्त्री सिंह


३१ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले प्राप्त उपलब्धि संस्थागत गरेर थप अधिकार खोज्नुपर्नेमा जोड दिएका छन् । जिल्ला समन्वय समिति काठमाडौंले आयोजना गरेको वर्तमान जिल्ला समन्वय समितिको ३ वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्  ।

उपप्रधानमन्त्री सिंहले जिल्लाको विकासको कामलाई प्रभावकारी बनाउन जिल्ला समन्वय समितिको भूमिका महत्वपूर्ण हुने बताए। संविधान निर्माणको क्रममा जिल्ला समन्वय समिति राख्ने कि नराख्ने बहस भएको भन्दै नेपाली कांग्रेसको अडानकै कारण समन्वय समिति राख्न सम्भव भएको स्मरण गरे। 

‘राजनीतिक स्थिरताका जगमा जनताको जीवन र जिविका सहज होस् भन्ने जनताको चाहना पूरा गर्नका लागि नै अहिलेको सरकार बनेको हाे,´ उपप्रधानमन्त्री सिंहले भने,`देशमा केही भएन भन्ने गलत भाष्य बनाउन खाेजिएकाे छ ।’ आर्थिक विकास र पूर्वाधार विकास निर्माणका हिसाबले प्रजातन्त्र पुनःस्थापन पछि धेरै काम भएका छन् । तर, अझै गर्न धेरै बाँकी छ । त्यसका लागि सरकारले काम गरिरहेका छ ।’

कार्यक्रममा जिल्ला समन्वय समितिका देशभरका प्रमुख, उपप्रमुखसहित पालिकाका प्रमुख, उपप्रमुखको सहभागिता रहेको आयोजकले बताएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०८२, शनिबार  ८ : ०४ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल