प्रभावकारी बन्दै पढ्दै कमाउँदै कार्यक्रम « Khabarhub

प्रभावकारी बन्दै पढ्दै कमाउँदै कार्यक्रम


३१ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

मनाङ – व्यावहारिक ज्ञान सिकाउने उद्देश्यले सञ्चालित पढ्दै कमाउँदै कार्यक्रम यहाँ प्रभावकारी बनेको छ । विद्यालयमा सिकेका सीपले व्यावहारिक बनाउँदै विद्यार्थीलाई आयस्तरसँग जोड्न मद्दत पुगेको छ ।

यहाँको चामे गाउँपालिका–४ स्थित लोकप्रिय माध्यमिक विद्यालयले आफ्नै विद्यालय परिसरमा सैद्धान्तिक ज्ञानलाई प्रयोगमा ल्याउन तरकारीखेती गरिरहेको छ । जसको प्रयोगबाट सीप र बिक्रीबाट आम्दानी गर्न विद्यार्थीलाई सघाउ पुगेको छ । उत्पादन गरेको च्याउ र तरकारी सदरमुकाम चामे बजारमा बिक्री गर्दै आइएको विद्यालयका प्रधानाध्यापक कृष्णदास कोइरालाले जानकारी दिए ।

व्यावसायिक शिक्षा, आत्मनिर्भरता र व्यावहारिक सीप विकासका लागि सञ्चालन गरिएको यस कार्यक्रम विद्यार्थीहरूका लागि प्रेरणाको स्रोत बनेको उनले बताए । विद्यालयले विगत तीन वर्षदेखि च्याउखेती गर्दै आइरहेको छ । चालु शैक्षिक सत्रको वैशाखदेखि जेठ २८ गतेसम्म मात्र १५० किलोग्राम च्याउ उत्पादन गरिएको प्रधानाध्यापक कोइरालाले जानकारी दिए।

दुई महिनामा च्याउ तथा तरकारी बिक्री गरी करिब रु ६० हजार आम्दानी भएको विद्यालयका शिक्षक अमृत सापकोटाले जानकारी दिए । “च्याउसँगै विद्यालयले आलु, गोलभेँडालगायत तरकारीको खेती गरिएको छ । साथै समयानुसार खाद्यान्न उत्पादन गरी बिक्री गर्दै आएका छौँ”, उनले भने,“यसमा कक्षा ९ देखि १२ सम्मका विद्यार्थी सहभागी भइरहेका छन् ।”

विद्यालयले स्याउखेती गर्ने योजनासमेत बनाएको छ, तर जग्गा अभावले खेती गर्न समस्या भएको प्रधानाध्यापक कोइरालाले बताए । “हामीले व्यावहारिक कृषि शिक्षालाई केन्द्रमा राख्दै विद्यार्थीको क्षमता अभिवृद्धि गर्दै आएका छौँ । च्याउ र तरकारी उत्पादनसँगै अब हामी घरेलु साबुन उत्पादन गर्ने लक्ष्य लिएका छौँ । स्याउखेती योजनामा भए पनि जग्गा पाइसकेका छैनौँ”, उनले भने,“आगामी आर्थिक वर्षमा साबुन उत्पादन तथा बिक्री गर्ने लक्ष्य छ । विद्यार्थीलाई एक घण्टामा काम गरेबापत रु ५० प्रदान गर्दै आएका छौँ । कुटो, कोदालोलगायत औजार चलाउन नजानेका विद्यार्थीका लागि सिकाइ उपयोगी बनेको छ ।”

पढ्दै कमाउँदै कार्यक्रमका लागि हालसम्म विभिन्न आर्थिक वर्ष र चालु आवमा गरी रु १५ लाख विनियोजन भएको थियो । विनियोजित बजेट बारी बनाउने, पराल किन्ने कार्यमा खर्च हुने गरेको छ । कृषि ज्ञान केन्द्र केन्द्रमार्फत प्राविधिक सहयोग भइरहेको र आवश्यक साझेदारी भइरहेको छ ।

विद्यालयलाई कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (लमजुङ–मनाङ) र चामे गाउँपालिका कृषि शाखाबाट बीउबिजन, मल, प्राविधिक सहयोग तथा अन्य विविध सहयोग प्राप्त हुँदै आएको छ । यस्ता सहयोगले विद्यालयको कृषि कार्यक्रमलाई अझ सशक्त बनाएको विद्यालयले जनाएको छ ।

विद्यार्थी जयराम थापाले विद्यालयले कृषि क्षेत्रमा पनि भविष्य छ भन्ने सिकाएको बताए । विद्यार्थीको पठनपाठनसँगै आयसँग जोडिँदा आफूहरूलाई निकै सहज भएको उनको भनाइ छ । “कृषि कर्मले खाजा खाने रकम जोहो भएको र प्राविधिक शिक्षाले भविष्यमा सहयोग पुग्नेछ”, थापाले भने ।

आवासीय विद्यालय भएकाले खाद्यान्न खरिद तथा छात्रछात्रा बासको व्यवस्थापनमा सहयोग पु¥याउने गरी आम्दानी गर्ने लक्ष्य लिइएको विद्यालयले जनाएको छ । सकेसम्म विद्यार्थीबाट शुल्क लिन नपरोस् भनेर योजना बनाइएको छ ।

स्थानीय उपभोक्ताले विद्यालयको उत्पादनलाई ताजा, स्वच्छ र विषादीरहित भएको भन्दै खरिद गर्ने गरेका छन् । यस्ता कार्यक्रमले विद्यार्थीलाई किताबी ज्ञानसँगै व्यावहारिक शिक्षा र उद्यमशीलताको बाटोतर्फ अग्रसर गराउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०८२, शनिबार  ९ : १५ बजे

राहदानी खरिद : जलाइएको घरको भित्तामा म्याद तामेली, आरजुले ईमेलमा भनिन्, ‘उपचारमा छु, तत्कालै आउन सक्दिनँ’

काठमाडौं– राहदानी खरिद प्रकरणमा भ्रष्टाचार भएको आरोपबारे बयानका लागि बोलाउँदै

खेल ओझेलमा, उमेर चर्चामा

काठमाडौं – पोर्चुगिच स्टार स्टाइकर क्रिस्टियानो रोनाल्डोले प्राप्त गर्न नसकेको

अमेरिका-इरान प्रारम्भिक वार्ता स्विट्जरल्याण्डमा हुने

एजेन्सी– अमेरिका र इरानबीच भएको युद्धविरामपछि प्रारम्भिक चरणको प्रत्यक्ष वार्ता

नेपाल लाइफ बन्यो हिमालय स्पोर्ट्ससँगको सहकार्यमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप २०२६ को

रास्वपा विधान : दुई महामन्त्री रहने, पदाधिकारीमा दुई महिला अनिवार्य

काठमाडौं– तीन दिनपछि चितवनमा महाधिवेशन गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीको