इरानले हानेको मिसाइलले इजरायली रक्षा मन्त्रालयमा क्षति, समाचार प्रशारणमा लगाइयो रोक « Khabarhub

इरानले हानेको मिसाइलले इजरायली रक्षा मन्त्रालयमा क्षति, समाचार प्रशारणमा लगाइयो रोक


३१ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इरान र इजरायलबीचको तनावले जटिल मोड लिएको छ। शुक्रबार सबेरै बिहान इजरायलले इरानमा मिसाइल आक्रमण गरेयता मध्यपूर्वमा तनाव चुलिएको छ ।

इरान र इजरायल दुवै देशमा ठूलो जनधनको क्षति भएको छ। दुवैतर्फ २० जना बालबालिकासहित कम्तीमा ८० जना मारिएका छन् । इजरायलमा ४ जना मारिएको पुष्टि भएको छ। अन्य सयौंजना घाइते भएका छन्।

इजरायली रक्षा मन्त्रालयमा मिसाइल प्रहार

इरानले इजरायलमाथि गरेको मिसाइल हमलामा तेल अभिवस्थित इजरायली रक्षा मन्त्रालयमा पनि क्षति पुगेको छ । इरानको मिसाइल ‘किर्या कम्पाउण्ड’मा खसेको पुष्टि अमेरिकी सञ्चार संस्था फक्स न्युज र न्यूयोर्क टाइम्सले गरेका छन्।

उक्त क्षेत्रमा रहेको मार्गानित टावरनजिकै विस्फोट भएका फुटेजहरू सामाजिक सञ्जालमा फैलिएका छन्।

यद्यपि, इजरायली सञ्चारमाध्यमहरूले यसबारे कुनै समाचार प्रकाशित गरेका छैनन्। विज्ञहरूका अनुसार यस्तो सैन्य गोपनीयता र सञ्चार प्रतिबन्ध इजरायली सुरक्षा नीतिअन्तर्गत लागू गरिएको हो।

रक्षा मन्त्रालयमा पुगेको क्षतिबारे फक्स न्युजको प्रत्यक्ष प्रसारणका क्रममा इजरायली सुरक्षाकर्मीहरूले संवाददातालाई त्यस क्षेत्रबाट हटाएका थिए । उनीहरूले थप रेकर्डिङ गर्न पनि पत्रकारलाई रोक लगाए।

यस हमलालाई इरानले इजरायलबाट गरिएको हवाई आक्रमणको प्रतिशोधको रूपमा लिएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानलाई चेतावनी दिँदै तेहरान जल्ने बताएका छन् ।

दुई देशको तनावले क्षेत्रीय युद्धको खतरा बढाएको छ । हिजबुल्लाह, हमास, सिरिया र अमेरिकाजस्ता शक्ति केन्द्रहरू यस युद्धमा तानिन सक्ने सम्भावना बढेको छ।

स्थिति जटिल हुँदै

इरान र इजरायलको यो द्वन्द्वले मध्यपूर्व क्षेत्रमा व्यापक अस्थिरता निम्त्याएको छ। विश्व शक्तिहरूले तत्काल युद्धविरामको आह्वान गरिरहेका छन् । तर, दुवै पक्षको आक्रोश र चेतावनीपूर्ण भनाइले संकट झनै चर्किन सक्ने संकेत दिएको छ।

प्रकाशित मिति : ३१ जेठ २०८२, शनिबार  ९ : ३७ बजे

क्रियाशील सदस्यता विवादपछि कांग्रेस सर्लाहीका दुई नेताले दिए राजीनामा

काठमाडौं – नेपाली कांग्रेस सर्लाहीमा क्रियाशील सदस्यता वितरण तथा नवीकरणको

पार्टीको वडा अधिवेशनमा सहभागी हुन कांग्रेसको आग्रह

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

४२ उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ४२

प्रधानमन्त्रीका सल्लाहकारको नाम दुरुपयोग गरी २ करोड ५० लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम तथा पद दुरुपयोग गरी

माथिल्लो त्रिशूली-१ को सुरुङबाट एकैदिन १३ शव निकालियो

काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१