प्रधानमन्त्रीका सल्लाहकारको नाम दुरुपयोग गरी २ करोड ५० लाख ठगी, दुई जना पक्राउ « Khabarhub

प्रधानमन्त्रीका सल्लाहकारको नाम दुरुपयोग गरी २ करोड ५० लाख ठगी, दुई जना पक्राउ


२ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम तथा पद दुरुपयोग गरी इजरायल पठाइदिने भन्दै २ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार रामेछाप सुनापति गाउँपालिका–१ का ५९ वर्षीय भरत चौलागाईं र दोलखा कालिञ्चोक गाउँपालिका–८ की ३२ वर्षीया बालिका सिवाकोटी पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार नेपाल र इजरायल सरकारबीच भएको ‘गभर्मेन्ट टु गभर्मेन्ट’ (जीटुजी) सम्झौताअन्तर्गत केयरगिभरका रूपमा इजरायल जान सन् २०२४ मा नेपाल सरकारले लिएको परीक्षामा उनीहरू सहभागी भएका थिए । तर, लक्की ड्रमार्फत छनोट हुन नसकेका परीक्षार्थीलाई लक्षित गरी उनीहरूले ठगी गरेको आरोप छ ।

सीआईबीमा परेको जाहेरीअनुसार भरत चौलागाईं र बालिका सिवाकोटीलगायत व्यक्तिले प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी इजरायल पठाइदिने भन्दै पीडितहरूलाई विश्वासमा लिएका थिए ।

प्रहरीका अनुसार प्रतिव्यक्ति ६ लाख २० हजार रुपैयाँका दरले रकम लिइएको थियो । यसरी १५६ जनाबाट जम्मा २ करोड ५० लाख रुपैयाँ लिएको जाहेरीमा उल्लेख रहेको प्रहरीले जनाएको छ ।

इजरायल पठाइदिने भन्दै रकम लिएर विश्वासघात तथा ठगी गरेको भन्दै पीडितहरूले कानुनी कारबाहीको माग गर्दै सीआईबीमा जाहेरी दिएका थिए ।

जाहेरीका आधारमा अनुसन्धान अघि बढाएको प्रहरीले दुवै जनालाई असोज १ गते पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनामाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–२१ अन्तर्गत ठगीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट कानुनबमोजिम म्याद थप अनुमति लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

सीआईबीका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूबारे समेत अनुसन्धान भइरहेको छ ।

प्रहरीले इजरायलमा रोजगारीका लागि जाने प्रक्रियामा सरकारी पदाधिकारी तथा उच्च अधिकारीको नाम प्रयोग गरी रकम असुल्ने गतिविधिबारे अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार  ९ : ०७ बजे

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज ३१ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने