समूहमा विजेता हुँदै फ्रान्स क्वार्टर फाइनलमा « Khabarhub

समूहमा विजेता हुँदै फ्रान्स क्वार्टर फाइनलमा


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेदरल्यान्ड्सलाई ५-२ ले हराउँदै फ्रान्स महिला युरो कप फुटबलमा समूहमा पहिलो स्थानसहित क्वार्टर फाइनलमा प्रवेश गरेको छ।

समूह ‘डी’मा पहिलो भएको फ्रान्सले क्वार्टर फाइनलमा समूह ‘सी’मा दोस्रो भएको जर्मनीसँग खेल्ने छ। डल्फाइन कासकारिनो छाएको खेलमा फ्रान्सले दोस्रो हाफमा ६ मिनेटको अन्तरमा तीन गोल गरेको थियो।

सन् २०१७ को च्याम्पियन नेदरल्यान्ड्स पहिलो हाफको समाप्तिमा २–१ ले अघि थियो। खेलको २२ औं मिनेटमा सान्डियो टोलेटीको गोलमा फ्रान्सले अग्रता लिए पनि त्यसको चार मिनेट पछि नै नेदरल्यान्ड्सका लागि भिक्टोरिया पेलोभाले गोल गरिन्।

फ्रान्सकी सेल्मा बाचाले आत्मघाती गोल गरे पनि पहिलो हाफमा नेदरल्यान्ड्सले अग्रता लिएको हो।

६१ औं मिनेटमा कासकारिनोका उत्कृष्ट पासमा मारिया एन्टोनेट काटोले गोल गरिन्। त्यसको ६ मिनेट भित्रमा नै काटोको गोलमा कासकारिनोले दुई गोल गरिन्। इन्जुरी समयमा फ्रान्सकी सकिना कारचाउले गोल गरिन्।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ९ : ०१ बजे

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु