गाजाको पानी वितरण केन्द्रमा आक्रमण : ६ बालबालिकासहित १० जनाको मृत्यु « Khabarhub

गाजाको पानी वितरण केन्द्रमा आक्रमण : ६ बालबालिकासहित १० जनाको मृत्यु


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइतबार गाजामा पानी वितरण केन्द्रमा पानी थापिरहेका १० जनाको इजरायली आक्रमणमा ज्यान गएको छ।

यसरी ज्यान गुमाउनेमा ६ जना बालबालिका समेत छन्। अहिले कतारको दोहामा हमास र इजरायलको बीचमा वार्ता भइरहेको छ। वार्ताको बीचमा दुवै पक्षले एक आपसमा युद्ध विरामको मापदण्ड नटेरेको आरोप लागिरहेको छ।

प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टाको अन्तरालमा १३९ शव अस्पतालमा लगिएका छन्। २ जुलाईपछि यो सङ्ख्या सबै भन्दा धेरै हो।

७ अक्टोबरमा २०२३ हमासले इजरायलमा आक्रमण गरेपछि इजरायलमा गाजामा आक्रमण सुरु गरेको थियो। त्यसयता ५८ हजार २६ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पानी बोकेर हिँडिरहेका धेरै बालबालिका घाइते भएको तथा रुवावासी भएको दृश्य सार्वजनिक भइरहेको छ। इजरायलले भने आतङ्कवादी भनेर गरिएको आक्रमण गलत स्थानमा परेको जनाएको छ।

आइतबार नै केन्द्रीय गाजाको भीडमा भएको आक्रमणमा १२ जनाको ज्यान जानुका साथै ४० जना घाइते भएका छन्।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ९ : ५४ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु