रोटरी न्यातपोलको अध्यक्षमा विष्णुकान्त, कफी खेती बढाउन किसानसँग सहकार्य गर्ने योजना « Khabarhub

रोटरी न्यातपोलको अध्यक्षमा विष्णुकान्त, कफी खेती बढाउन किसानसँग सहकार्य गर्ने योजना


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रोटरी न्यातपोलको अध्यक्षमा विष्णुकान्त घिमिरे नियुक्त भएका छन् । उनीसहित नियुक्ति भएका बोर्ड कमिटीले पदभार पनि ग्रहण गरेका छन्।

क्लबको छैटौं पदस्थापना कार्यक्रममा रोटरी वर्ष २०२५/२६ का लागि अध्यक्ष नियुक्त घिमिरेलाई निवर्तमान अध्यक्ष राकेशराम श्रेष्ठले कार्यभार हस्तान्तरण गरे ।

घिमिरेले गत वर्षदेखि हुँदै आएका क्लबका सामाजिक कामलाई निरन्तरता दिँदै यस वर्ष ग्रामीण भेगका किसानलाई प्रोत्साहित गर्ने जानकारी दिए ।

उनले व्यावसायिक कफीखेतीमा सहयोग गर्ने योजना पनि घोषणा गरेका छन्। ब्लाक डाइमन्डका रुपमा परिचित कफीको उत्पादन बढाएर ग्रामीण किसानको अर्थोपार्जनमा सघाउने योजना ल्याइएको घिमिरेले बताए।

घिमिरे नेतृत्वको कार्यसमितिमा निवर्तमान अध्यक्ष एवम् सर्जेन्ट एट आर्म्समा राकेशराम श्रेष्ठ, प्रेसिडेन्ट इलेक्ट रमन श्रेष्ठ, उपाध्यक्ष उमेश पाण्डे, सचिव कृष्ण कुँवर, कोषाध्यक्ष प्रबिना अमात्य, क्लब लनिङ फ्यासिलिटेटर बिजय शर्मा, एड्मिन डिरेक्टर अप्सरा तिमिल्सिना, सर्भिस कमिटीमा डिरेक्टर उपासना शर्मासहित दिपेश रेग्मी र प्रविन अधिकारी छन्।

त्यस्तै टीआरएफ डिरेक्टर रितु वाग्ले, इन्टरनेशनल कमिटीमा डिरेक्टर अनिसा जोशीसहित उत्सव सिंह अधिकारी, कृष्मा जोशी र प्रवेशलाल जोशी, पब्लिक इमेज कमिटीमा वासु महर्जन र अजय अर्याल, मेम्बरसिप कमिटीमा डिरेक्टर सुनैना श्रेष्ठसहित प्रबिन महर्जन, प्रेसिडेन्ट एड्भाइजरमा सागर लोहनी र सुवर्ण थापा छन्।

कार्यक्रमका प्रमुख अतिथि एवम् रोटरी डिस्ट्रीक २३९२ नेपाल भुटानका गभर्नर इलेक्ट विष्णुबहादुर कार्कीले विगतमा रिटर्‍याक्टको सफल नेतृत्व गरिसकेका घिमिरेले रोटरी न्यातपोललाई नयाँ उचाइ दिने विश्वास जनाए ।

क्लबका असाइन असिस्टेन्ट गभर्नर डा बुद्धिमान श्रेष्ठले सदस्यहरूको व्यक्तित्व विकास र आपसी सम्बन्ध विस्तारलाई मध्यनजर गर्दै फेलोसिप र नेटवर्किङ बैठकको योजना क्लबको उत्कृष्ट पाटो रहेको बताए

रोटरी इन्टरनेशनल जोन ६ को मेम्बरसिप कोअर्डिनेटरमा मनोनित सञ्य गिरी, जोन ६ कै असिस्टेन्ट रिजनल मेम्बरसिप को–अर्डिनेटरमा मनोनीत जितेन्द्रबहादुर भण्डारीलाई रोटरी न्यातपोलको तर्फबाट सम्मान गरिएको छ ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  १२ : २८ बजे

समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम जेठ पहिलो हप्ताबाट फिर्ता गरिने

काठमाडौं- सरकारले आगामी जेठ पहिलो सातादेखि समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम

एअर इन्डिया दुर्घटनामा विद्युतीय त्रुटिको आशङ्का

मुम्बई- गत वर्ष भएको एअर इन्डियाको भीषण विमान दुर्घटनाबारे पुनः

देशभर सरकारविरोधी प्रदर्शन चर्किँदै

काठमाडौं– सुकुम्वासी तथा सार्वजनिक जग्गामा बसोबास् गर्दै आएकाहरूले देशभर सरकार

दुई पत्रकारलाई दयाशङ्कर पत्रकारिता सम्मान

गण्डकी- राष्ट्रिय समाचार समिति (रासस)का वरिष्ठ सम्पादक सूर्यचन्द्र बस्नेत र

यात्रुको सुरक्षा सुनिश्चित गर्न विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशन

काठमाडौं- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिमयुक्त सडकमा