रौतहटमा ‘ड्रोन’बाट वनक्षेत्रको निगरानी « Khabarhub

रौतहटमा ‘ड्रोन’बाट वनक्षेत्रको निगरानी


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

चन्द्रपुर– पछिल्लो समय रौतहटको वनजंगलको निगरानी गर्न ‘ड्रोन’को प्रयोग गर्न थालिएको छ । डिभिजन वन कार्यालय रौतहटअन्तर्गत जङ्गल सहिया सबडिभिवन वन कार्यालय जंगल सहियाले चोरी तस्करी नियन्त्रण गर्नका लागि हिजोआज ड्रोन प्रयोग गर्न थालेको हो । 

विगत तीन महिनादेखि सो क्षेत्रको वनजङ्गलमा ड्रोनबाट नै निगरानी गरिँदै आएको छ। ड्रोनबाट वनजङ्गलको निगरानी गर्न थालेपछि काठ, दाउरा, नदीजन्य पदार्थको तस्करी नियन्त्रणमा आएको सबडिभिजन वन कार्यालय जंगल सहियाका वन अधिकृत विनोद जेठराले बताए।

ड्रोनको सहायताले १० किलोमिटर वनक्षेत्रको निगरानी सहजै गर्न सकिएको र वन संरक्षणमा ठूलो टेवा पुगेको वन अधिकृत जेठराको भनाइ रहेको छ । ड्रोनको प्रयोगले तस्कर पक्राउ गर्न पनि सहज भएको उनले बताए।

ड्रोनका कारण धन्सारखोलाबाट हुने ढुङ्गागिट्टीको तस्करी पनि नियन्त्रणमा आएको जेठराले बताए। सो क्षेत्रका दाउराका नाममा सयौँ साइकलहरू जङ्गलमा गएर सालको लाथ्रा काटेर लाने गर्दै आएका थिए । ती दाउराहरू रौतहटका विभिन्न इँटाभट्टाहरूमा पुग्ने गरेका छन् ।

ड्रोनबाट रौतहटको जङ्गल सहिया, चोचा, धन्सार तथा गैडाटार वनक्षेत्रको निगरानी गरिरहेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्तप्रसाद साहले जानकारी दिए। अहिले एउटा मात्र ड्रोनले निगरानी गरेको र आउँदो आर्थिक वर्षमा अरू पनि ड्रोन क्यामेरा माग गरेको उनले जानकारी दिए। ड्रोनबाट काठ तस्करी नियन्त्रण ढुङ्गागिट्टी तस्करी नियन्त्रण जस्तामा प्रभावकारी रहेको डिभिजन वन अधिकृत साहले बताए।

मधेश प्रदेशको कुल वन क्षेत्रको २५ प्रतिशत र नेपालको कुल वन क्षेत्रको ३ दशमलव ९६ प्रतिशत वन रौतहट जिल्लामा पर्ने जानकारी दिँदै प्रमुख वन अधिकृत साहले यसको संरक्षणका लागि कुनै कसुर बाँकी नराखेको बताए।

रौतहटमा ३० हजार १७० हेक्टर वन क्षेत्र छ । जसमा सरकारद्वारा व्यवस्थित वन आठ हजार २३१ हेक्टर, तीनवटा साझेदारी वनद्वारा ११ हजार ९२७ हेक्टर, ब्लक फरेष्ट व्यवस्थापन एक हजार ५२ हेक्टर, ४३ वटा सामुदायिक वनद्वरा आठ हजार २५७ हेक्टर, चारवटा धार्मिक वनद्वारा ५१ हेक्टर र निजी वनद्वारा ६५६ हेक्टर वन क्षेत्रको संरक्षण गरिँदै आएको उनले जानकारी दिए।

चालु आर्थिक वर्षभित्र जिल्लाका विभिन्न स्थानका १२ हेक्टरभन्दा बढी जङ्गलको अतिक्रमण भूभाग क्षेत्र हटाई वृक्षरोपण गरेको उनले जानकारी दिएका छन् ।

यसैबीच डिभिजन वन कार्यालय रौतहटले चालु आर्थिक वर्षमा आठ लाख १८ हजार ७८ वटा विभिन्न जातको बिरुवा उत्पादन गरेको समेत वन अधिकृत साहले जानकारी दिए ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  १२ : ३५ बजे

समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम जेठ पहिलो हप्ताबाट फिर्ता गरिने

काठमाडौं- सरकारले आगामी जेठ पहिलो सातादेखि समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम

एअर इन्डिया दुर्घटनामा विद्युतीय त्रुटिको आशङ्का

मुम्बई- गत वर्ष भएको एअर इन्डियाको भीषण विमान दुर्घटनाबारे पुनः

देशभर सरकारविरोधी प्रदर्शन चर्किँदै

काठमाडौं– सुकुम्वासी तथा सार्वजनिक जग्गामा बसोबास् गर्दै आएकाहरूले देशभर सरकार

दुई पत्रकारलाई दयाशङ्कर पत्रकारिता सम्मान

गण्डकी- राष्ट्रिय समाचार समिति (रासस)का वरिष्ठ सम्पादक सूर्यचन्द्र बस्नेत र

यात्रुको सुरक्षा सुनिश्चित गर्न विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशन

काठमाडौं- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिमयुक्त सडकमा