केन्टकी चर्चमा गोलीबारी, संदिग्धसहित तीन जनाको मृत्यु « Khabarhub

केन्टकी चर्चमा गोलीबारी, संदिग्धसहित तीन जनाको मृत्यु


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त राज्य अमेरिकाको दक्षिणी क्षेत्रमा पर्ने केन्टकीको एउटा चर्चमा एक बन्दुकधारीले दुई महिलाको हत्या गरेका छन् ।

यस्तै विमानस्थल बाहिर एक राज्य सैनिकलाई गोली हानी घाइते बनाएको समाचार संस्था ¥युटर्सले जनाएको छ ।

बन्दुकधारीलाई प्रहरीले गोली हानी मार्न सफल भएको अधिकारीहरूले बताएका छन् । लेक्सिंगटनको रिचमन्ड रोड ब्याप्टिस्ट चर्चमा ती महिलाहरूको हत्या भएको थियो ।

त्यहाँ दुई पुरुष पनि घाइँते भएका थिए । जसमा एक जनाको अवस्था गम्भीर रहेको लेक्सिंगटनका प्रहरी प्रमुख लरेन्स वेदर्सले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । अधिकारीहरूले संदिग्ध व्यक्तिको नाम वा उमेर भनेका छैनन् ।

‘आज जस्तो दिनहरू अत्यन्तै कठिन हुन्छन्,’ वेदर्सले भने, ‘कहिलेकाहीँ यस्ता घटनाहरू हुन्छन् कि तपाईंसँग कुनै कारण हुँदैन ।’ उनले थपे, ‘फेयेट काउन्टीमा बिहान ११ः३० बजे ब्लू ग्रास विमानस्थल नजिकै रोकिएपछि संदिग्धले सैनिकमाथि गोली चलाएको थियो ।’

प्रहरीका अनुसार गोलीबारी विमानस्थल नजिकैको सडकमा भएको थियो । ती सैनिकको नजिकैको अस्पतालमा उपचार भइरहेको थियो र उनको अवस्था स्थिर थियो ।

त्यसपछि संदिग्ध व्यक्तिले विमानस्थलबाट करिब १० माइल (१६ किलोमिटर) टाढा रहेको गाडी चोरी गरे र रिचमन्ड रोड ब्याप्टिस्ट चर्चतिर भागे । जहाँ ती व्यक्तिले चर्च परिसरमा रहेका मानिसहरूमाथि गोली चलाउन थाले ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  १२ : ४१ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम