स्पेन पठाउने गिरोहमाथि छानबिन थालिँदै, सीआईबी र मानव बेचबिखन अनुसन्धान ब्यूरोलाई जिम्मा « Khabarhub

स्पेन पठाउने गिरोहमाथि छानबिन थालिँदै, सीआईबी र मानव बेचबिखन अनुसन्धान ब्यूरोलाई जिम्मा


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधी मण्डल बाहेक गएको भन्ने विषयमा निश्पक्ष छानविन गर्न निर्देशन दिनुभएको छ ।

मन्त्री लेखकले सोमबार बिहान स्पेन भ्रमणबारे छानबिन गर्न गृह सचिब गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन दिनुभएको हो ।

‘प्रधानमन्त्रीज्यूको प्रतिनिधिमण्डलबाहेक स्पेन को को गए ? कुन विधि-प्रक्रिया र कुन संस्थामार्फत् स्पेन भ्रमण गए भन्ने विषय छानबिन गर्न निर्देश गरेको छु’, उनले भने, ‘जानका लागि भिजिट भिजिटको प्रबन्ध कस्ले गर्‍यो ? लगायत विषयमा अनुसन्धान हुनेछ ।’

उक्त विषयको गहन छानबिनका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र मानब बेचबिखन अनुसन्धान ब्युरो खटिने उनले बताए ।

यस विषयमा दोषी देखिएकालाई कारबाही गरिने उनले बताए । प्रधानमन्त्री ओली गत असार १४ गते स्पेन भ्रमणमा गएका थिए ।

प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा लैजाने भन्दै दर्जनौँसँग १० देखि १५ लाख रुपैयाँ असुलेको खुलेको थियो ।

स्पेन लगिएकामध्ये कतिपय उतै लुकेर बसेको प्रकरणमा प्रधानमन्त्रीलाई जोडिएपछि विवाद भएको थियो ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  १२ : ४५ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको