सभामुखको आलोचना गर्दै लिङ्देनको टिप्पणी- यो संसदीय इतिहासकै कालो समय हो « Khabarhub

सभामुखको आलोचना गर्दै लिङ्देनको टिप्पणी- यो संसदीय इतिहासकै कालो समय हो


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभामा हाल देखिएको अवस्थालाई ‘संसदीय इतिहासको कालो समय’ भनेका छन् ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा उनले भिजिट भिसा प्रकरण छानबिन माग गर्दै आइरहेका दलहरूको माग सुनुवाइ नगरेर संसद् सञ्चालन गरिहेकोमा आपत्ति जनाएका छन् ।

‘यो संसदीय इतिहासकै कालो समय हो । संसद्का दुई महत्त्वपूर्ण पार्टीहरूले डेढ महिनादेखि विरोध जनाइराख्दा जबरजस्ती संसद् चलाउने प्रयास भइराखेको छ,’ लिङ्देनले भने, ‘केवल सरकारको अकर्मण्यता, उदाशीनताको कुरा मात्रै होइन, सभामुख महोदय, तपाईंको आफ्नो कार्यकालको सबभन्दा कालो समयका रूपमा उल्लेख रहने छ ।’ 

उनले संसद्मा ‘छट्टु स्याल’को कथासँग नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारको तुलनासमेत गरे ।‘

राजावादीलाई तह लगायौँ, गणतन्त्र विरोधलाई तह लगायौँ भनेर डंका पिटेर जनतालाई भ्रम छरेको त के रहेछ, छट्टु स्यालको कथा पो रहेछ त हँ,’ लिङ्देनले भने, ‘चिल आयो, चिल आयो भन्ने, अनि तल चल्ला टिप्ने ?’

अध्यक्ष लिङ्देनले कांग्रेस–एमाले मिलेर देश लुटेको जनताले टुलुटुलु हेरेर बस्न नसक्ने पनि जिकिर गरे । उनले आफूहरू सरकारका गलत कामको संसद्मा विरोध गरिरहेको स्मरण गराउँदै आवश्यक परे सडक संघर्षमा उत्रिने पनि चेतावनी दिए ।  

‘जनताको ध्यान एकातिर लगेर मन्त्रिपरिषद्मा बसेर सरकरा दुई ठूला–ठूला पार्टी मिलेर बनाएर देश लुटेर बस्ने र अरु जनताले टुलुटुलु हेरेर बस्नु पर्ने ? यो कुरा कदापि सैह्य हुँदैन, सभामुख महोदय,’ उनले भने, ‘यसको प्रतिवाद हुन्छ र हामी संसद्बाट पनि विरोध गरिराखेका छौँ । आवश्यक पर्‍यो भने सडकबाट पनि यसको प्रतिवाद गरिन्छ ।’

उनले भिजिट भिसा प्रकरणमा दुई महत्त्वपूर्ण राजनीतिक दलहरूले विरोधमा उठाइरहेको आवाजलाई गलत ब्याख्या नगर्न पनि सचेत गराए । लिङ्देनले भिजिट भिसामा जाने मानिसको विरोध गरिएको नभएर विदेश जाँदा नागरिकबाट गरिने असुलीको आफूहरूले विरोध गरेको प्रष्टीकरण दिए । 

‘मानिसहरू भिजिट भिसामै जाने हो । तर, भिजिट भिसाको नाममा मानिसहरूबाट योजनावद्ध जुन प्रकारको रकम असुली गरिराखिएको छ,’ उनले भने, ‘बेरोजगार युवाको रोजगार खोज्ने, अवसर खोज्ने जुन चाहनामाथि कमाउने धन्दा सरकारको तर्फबट सुनियोजित तरिकाले सञ्चालन गरिएको छ, त्यसको हामीले विरोध गरेको हो ।’

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  १ : ५३ बजे

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

एजेन्सी– अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको चिकित्सा सामाग्री

सक्रिय बन्दै गण्डकीका न्यायिक समिति : अधिकांश मुद्दा मेलमिलापमै टुङ्गिए

गलकोट– गण्डकी प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहका न्यायिक समिति

नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३२ स्थित सडकमा बा ८९ प ६३६५ नम्बरको

उच्चस्तरीय राजनीतिक वार्ता समिति पुग्यो कांग्रेस कार्यालय (तस्बिरहरू)

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिद्वारा नेपाली कांग्रेसको पार्टी कार्यालयको