नदीले बगाउँदा एक जनाको मृत्यु « Khabarhub

नदीले बगाउँदा एक जनाको मृत्यु


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बाजुरा– बुढीगङ्गा नगरपालिकामा बुढीगङ्गा नदीले बगाउँदा आज एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा बुढीगङ्गा–२ ताँप्राका ३७ वर्षीय लोकबहादुर बुढथापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए । उनका अनुसार बुढीगङ्गा–३ र ६ मा पर्ने बुढीगङ्गा नदीको किनारमा दाउरा निकाल्ने क्रममा नदीले बगाएर उनको मृत्यु भएको हो । 

दाउरा ल्याउन गएका बुढथापा घर नफर्किएपछि खोजी गर्दा करिब एक किलोमिटर तल नदीको किनारमा शव भेटिएको प्रहरी नायब उपरीक्षक हवारीले बताए। उनको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ । 
 

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  २ : ०९ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार