मधेस प्रदेशसभा : विपक्षी दलको बहिष्कारकाबीच बजेटमाथि छलफल जारी « Khabarhub

मधेस प्रदेशसभा : विपक्षी दलको बहिष्कारकाबीच बजेटमाथि छलफल जारी


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस प्रदेशसभामा मधेस प्रदेशको आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तुत विनियोजन विधेयक छलफलका लागि पेस गरिएको छ । विपक्षी दलहरूको बहिष्कारका प्रदेशसभा बैठकमा सत्तारूढ दलका प्रदेशसभा सदस्यहरूको मात्रै सहभागिता रहेको छ ।

विनियोजन विधेयकमाथि छलफलकालागि अर्थमन्त्री सुनिल कुमार यादवले प्रस्ताव पेस गरिएपछि विपक्षी दलहरू बिनै छलफल चलिरहेको छ । यस अघि उक्त विधेयकप्रति आपत्ति जनाउँदै जसपा नेपालसहित ६ विपक्षी दलले बैठक बहिष्कार गरेका थिए ।

उनीहरूले सत्ता पक्षले ‘रेडबुक’मा गम्भीर त्रुटि गरेको आरोप लगाउँदै ४६१ पृष्ठको मात्रै जानकारी गराएर ७५५ पृष्ठको रेडबुक पारित गराउने प्रयास भइरहेको भन्दै बैठक बहिष्कार गरेका हुन् ।

आज बसेको प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी दल जसपा नेपाल संसदीय दलका नेता सरोजकुमार यादवले बजेटमा २९४ पेजमा आठ हजार बढी योजना गडबड देखिएको दाबी गरे । 

उनले अर्थमन्त्री सुनिलकुमार यादवले राजीनामा दिनुपर्ने माग समेत गरे । जसपा नेपाल संसदीय दलका नेता सरोज कुमार यादवले भने ‘यस्तो ठूलो गडबडी भएको बजेटको विपक्षी दल साक्षी बस्दैन । अब यो बजेटको पुनर्लेखन गरेर पनि काम छैन । अर्थमन्त्रीले राजीनामा देओस् । अर्को अर्थमन्त्री आएपछि पुनः बजेट ल्याओस् । यो माग पूरा नभएसम्म हामी सदन बहिष्कार गर्छौँ ।’

विपक्षी दलहरूको बहिष्कारका बाबजुद सदन चलाउनुलाई विपक्षी दलहरूले यस्तो कदमले संसदीय मर्यादामाथि प्रश्न उठेको आरोप लगाए ।

अर्थमन्त्री यादवले गत असार १ गते आव २०८२/०८३का लागि ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजारको बजेट प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  २ : २३ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार