मधेस प्रदेशसभा : विपक्षी दलको बहिष्कारकाबीच बजेटमाथि छलफल जारी « Khabarhub

मधेस प्रदेशसभा : विपक्षी दलको बहिष्कारकाबीच बजेटमाथि छलफल जारी


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस प्रदेशसभामा मधेस प्रदेशको आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तुत विनियोजन विधेयक छलफलका लागि पेस गरिएको छ । विपक्षी दलहरूको बहिष्कारका प्रदेशसभा बैठकमा सत्तारूढ दलका प्रदेशसभा सदस्यहरूको मात्रै सहभागिता रहेको छ ।

विनियोजन विधेयकमाथि छलफलकालागि अर्थमन्त्री सुनिल कुमार यादवले प्रस्ताव पेस गरिएपछि विपक्षी दलहरू बिनै छलफल चलिरहेको छ । यस अघि उक्त विधेयकप्रति आपत्ति जनाउँदै जसपा नेपालसहित ६ विपक्षी दलले बैठक बहिष्कार गरेका थिए ।

उनीहरूले सत्ता पक्षले ‘रेडबुक’मा गम्भीर त्रुटि गरेको आरोप लगाउँदै ४६१ पृष्ठको मात्रै जानकारी गराएर ७५५ पृष्ठको रेडबुक पारित गराउने प्रयास भइरहेको भन्दै बैठक बहिष्कार गरेका हुन् ।

आज बसेको प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी दल जसपा नेपाल संसदीय दलका नेता सरोजकुमार यादवले बजेटमा २९४ पेजमा आठ हजार बढी योजना गडबड देखिएको दाबी गरे । 

उनले अर्थमन्त्री सुनिलकुमार यादवले राजीनामा दिनुपर्ने माग समेत गरे । जसपा नेपाल संसदीय दलका नेता सरोज कुमार यादवले भने ‘यस्तो ठूलो गडबडी भएको बजेटको विपक्षी दल साक्षी बस्दैन । अब यो बजेटको पुनर्लेखन गरेर पनि काम छैन । अर्थमन्त्रीले राजीनामा देओस् । अर्को अर्थमन्त्री आएपछि पुनः बजेट ल्याओस् । यो माग पूरा नभएसम्म हामी सदन बहिष्कार गर्छौँ ।’

विपक्षी दलहरूको बहिष्कारका बाबजुद सदन चलाउनुलाई विपक्षी दलहरूले यस्तो कदमले संसदीय मर्यादामाथि प्रश्न उठेको आरोप लगाए ।

अर्थमन्त्री यादवले गत असार १ गते आव २०८२/०८३का लागि ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजारको बजेट प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  २ : २३ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम