कञ्चनपुरका स्थानीय तहलाई ‘छाउगोठ’ भत्काउने अभियान चलाउन आग्रह « Khabarhub

कञ्चनपुरका स्थानीय तहलाई ‘छाउगोठ’ भत्काउने अभियान चलाउन आग्रह


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

 महेन्द्रनगर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले स्थानीय तहहरूलाई ‘छाउगोठ’ भत्काउने अभियान सञ्चालन गर्न आग्रह गरेको छ । स्थानीय प्रशासनले सोमबार पत्र पठाएर कञ्चनपुरका नौवटै पालिकाहरूलाई ‘छाउगोठ’ भत्काउने अभियान सञ्चालन गर्न आग्रह गरेको हो । 

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘यस जिल्लाका नौवटै स्थानीय तहमा छाउपडी गोठ भत्काई परम्परागत रुपमा चलिरहेको कुप्रथा उन्मूलन गर्न विशेष अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएकाले तहाँ पालिकाबाट आवश्यक निर्णय गरी यो सामाजिक कुप्रथा अन्त्य गर्न छाउगोठ भत्काउने अभियान सञ्चालन गर्नु-गराउनु हुन अनुरोध छ ।’

शनिबार राती कृष्णपुर नगरपालिका–१ मा पर्ने निगाली टोलमा महिनाबारीको समयमा ‘छाउपडी’ गोठमा सुतिरहेकी २८ वर्षीया कमला दमाईको सर्पको टोकाइबाट मृत्यु भएको थियो । 

सर्पदंशबाट कमलाको मृत्यु भएपछि आइतबार कृष्णपुर नगरपालिकाले सूचना जारी गरेर १५ दिनभित्र नौवटै वडामा रहेका ‘छाउपडी’ गोठ अनिवार्य भत्काउन आग्रह गरेको थियो ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ३ : १९ बजे

नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य

काठमाडौं– आईसीसी विश्वकप लिग २ क्रिकेटअन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा नेपालले ओमानलाई

चीनको हुनानमा पटाखा कारखाना विस्फोट : २१ जनाको मृत्यु, ६१ घाइते

बेइजिङ– मध्य चीनको हुनान प्रान्तस्थित एक पटाखा उत्पादन कारखानामा भएको भीषण

विपी राजमार्गको जोखिम स्थानमा माइक्रोबस चलाउने चालक प्रहरीको नियन्त्रणमा

काठमाडौं– विपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–७ स्थित लास्कोट र घुमाउनेको बीचमा

वर्षाका कारण पहिरो खस्दा विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं– केही दिनयताको वर्षाका करण पहिरो खस्दा देशका विभिन्न क्षेत्रका

पाहुनालाई कोसेली कोदोको बिस्कुट

मंगलबारे– इलामको माईजोगमाई गाउँपालिकाले रैथाने बाली संरक्षण गर्न कोदोको पिठोबाट