आर्थिक सूचक सकारात्मक भए पनि सात बुँदे सहमतिमा प्रश्न खडा भयो : नैनसिंह महर « Khabarhub

आर्थिक सूचक सकारात्मक भए पनि सात बुँदे सहमतिमा प्रश्न खडा भयो : नैनसिंह महर


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार गठन भएको एक वर्ष पुगिसक्दा पनि सात बुँदे सहमति कार्यान्वयन नभएको भन्दै आपत्ति जनाएका छन् । 

स्कुल अफ डेमोक्रेसी नामक संस्थाले सोमबार काठमाडौंमा आयोजना गरेको ‘जनता र सरकार’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले कांग्रेस–एमालेले सात बुँदे सहमति कार्यान्वयन गर्न नसकेको भन्दै आपत्ति जनाएका हुन् ।  

‘एक वर्षअघि सरकार निर्माणताका बेला गरेको संविधान संशोधनसहितको सातबुँदे सहमति पूरा हुनु त कता हो कता, कार्यान्वयनतर्फ प्रवेश समेत भएको छैन,’ महरले भने, ‘आशा जगाउने जनताले खोजेको सुशासन र भ्रष्टाचार रोक्न पनि सरकारले खासै उपलब्धि हात पार्न सकेको छैन ।’

सुशासन र संविधान संशोधनसहितको सातबुँदे सहमति कार्यान्वयनमा प्रश्न उठे पनि गठबन्धन सरकारको एक वर्षे अवधिमा आर्थिक सूचकहरू सकारात्मक देखिएका उनको भनाइ थियो । 

‘थुप्रै नयाँ नीति–नियम बनेका छन्, कानुन निर्माणले गति पाएको छ । यसले व्यापार गर्न सहज भएको भनिएको छ,’ महरले भने । उनले लामो समयदेखि रोकिएका शान्ति प्रक्रियाका कामहरू र नागरिकता ऐन संशोधनजस्ता महत्वपूर्ण विषय पनि टुङ्ग्याइएको उल्लेख गरे । 

सरकारी कार्यालयबाट सेवा लिन सहज होस् भनेर अनलाइन प्रणालीको विकास गरिएको र राजनीतिक रूपमा देशमा स्थिर सरकार बनेको कुरा आफैँमा एउटा ठूलो उपलब्धि भएको महरको भनाइ थियो ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ३ : २४ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार