फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति यादव « Khabarhub

फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति यादव


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादव फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा नेपालका लागि फ्रान्सका राजदूत भिर्जिनी कोर्तभालले सोमबार अपराह्‍न आयोजना गरेको स्वागत समारोहमा सहभागी भए। 

त्यसअवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै राजजूत कोर्तभालले फ्रान्स–नेपालबीचको ७६ वर्षदेखिको पारस्परिक सम्बन्ध वर्तमानमा अझ सुदृढ बन्दै गएको चर्चा गर्दै हालै सम्पन्न द्विपक्षीय परामर्शमा जलवायु परिवर्तनका क्षेत्रमा साझेदारी बढाउने बारेमा गहन छलफल भएको बताए । 

अन्नपूर्ण आरोहणको ७५औँ वार्षिकोत्सव यस वर्ष परेकाले वर्षभरी पर्वतीय विषयमा केन्द्रित रहेर दुई देशले विविध कार्यक्रम आयोजना गरिरहेको बताउँदै फ्रान्सेली राजदूतले नेपालको विकास प्रयासमा आफ्नो देशबाट सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे । 

त्यसअवसरमा मन्त्रिपरिषद्का सदस्य, पूर्वप्रधानमन्त्री, सांसद, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, कामको सिलसिलामा यहाँ रहेका फ्रान्सेली नागरिक, वरिष्ठ सञ्चारकर्मीलगायत समाजका प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति थियो । 

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ३ : ३३ बजे

राष्ट्रपति पौडेलले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेका

रूस युक्रेन युद्धमा दुई दिने युद्धविराम घोषणा 

एजेन्सी– रूसको रक्षा मन्त्रालयले दोस्रो विश्वयुद्धको अन्त्य भएको ८१ औँ

ठगी कसुरमा स्मार्ट टेलिकम प्राविका जोशी पक्राउ

काठमाडौं– स्मार्ट टेलिकम प्राविका सर्वेश जोशी ठगी तथा आपराधिक विश्वासघात

मन्त्रीहरूलाई रिबन काट्न र भाषणबाजी गर्न निषेध !

काठमाडौं- अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व रवि लामिछानेले गरिरहेका छन्

जलवायुमैत्री खेती लगाउन सिक्दै किसान

टीकापुर– कैलालीका किसान जलवायुमैत्री खेतीमा प्रोत्साहित भइरहेका छन् । विभिन्न