मधेशमा बजेट विवाद : दुईथरी रेडबुक भेटिँदा सत्ता पक्षकै सांसदले गरे विरोध | Khabarhub Khabarhub

मधेशमा बजेट विवाद : दुईथरी रेडबुक भेटिँदा सत्ता पक्षकै सांसदले गरे विरोध


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटको दुईथरी रेडबुक भेटिएको छ । सांसदहरूलाई बाँडिएको रेडबुकमा ४६१ पाना मात्रै रहेको छ भने अर्को रेडबुकमा २९४ पाना रहेको छ । 

सोमबार विनियोजन विधेयक–२०८२ माथिको छलफलमा भाग लिएका सत्तारुढ दलका अधिकांश सांसदले बजेटप्रति आक्रोश व्यक्त गरेका थिए । बजेटको २९४ पाना लुकाएको भन्दै सत्तापक्ष लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालकै सांसद उपेन्द्र महतोले सरकारमाथि आक्रोश पोखेका छन् । 

गायव रहेका २९४ पेजमा ८ हजार योजना रहेको प्रतिपक्षीहरुको छ । सांसद उपेन्द्र महतोले ७५५ पेजको रेडबुक नभेटिए संसद अवरुद्ध गर्ने चेतावनी दिए । 

उनले भने , ‘मैले मेरो हातमा ७५५ पेजको रेडबुक भेटिएन भने रोस्टम छोड्दिन । हैन भने सभामुख मार्फत सरकारले मलाई ७५५ पेजको रेडबुक दिनुपर्यो ।’ रोस्टम नछाडेर त्यहीँ उभिएपछि सभामुखले सचिवालयबाट उपलब्ध हुने आश्वासन दिएपछि सांसद महतोले रोस्टम छाडेका थिए ।

सत्तारुढ नेकपा एमालेका सांसद लखन दासले मन्त्रीबाहेक सबै सांसद बजेटबाट असन्तुष्ट रहेको बताए । शिक्षामन्त्रीले बजेटमा काखापाखा गरेको उनको भनाइ छ । यस प्रकारको असामावेशी बजेटले शिक्षालाई संस्थागत विकास गर्न समस्या हुने उनको जिकिर छ ।

 शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले आफ्नो निर्वाचन क्षेत्र महोत्तरी ३ को ‘२’ मा ४१ करोड रुपैयाँ राखेको उनले बताए । उनले एक सय १७ वटा योजना मन्त्रीको निर्वाचन क्षेत्रमा रहेको र अधिकांश योजना एनजीओ पाल्ने गरी राखेको आरोप लगाए ।

कांग्रेस सांसद वीरेन्द्र सिंहले सरकारको बेथिति भनिसाध्य नरहेको बताए । मन्त्रीलाई सपथ गराउनुअघि कार्यक्षेत्र बुझाउनुपर्ने उनले सुझाव दिए । सुशासनको गफ दिएर मन्त्रीहरूले कुशासन झलझली देख्ने गरी बजेट ल्याएको सिंहले बताए ।

आजै बसेको मधेस प्रदेशसभाको पहिलो बैठकमा जसपा नेपालका संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री सरोजकुमार यादवले रेडबुक नै दुई खालको बनाइएको र लगभग ८ हजार योजना लुकाएको दाबीसहित दुवै रातो किताब देखाएका थिए । 

यादवले दुवै रातो किताब देखाउँदै भने, ‘बजेट ल्याएको १० दिनपछि सांसदहरूलाई सदनमा रेडबुक बाँडिएको थियो, जुन रेडबुक ४६१ पेजको छ । तर, वास्तविक ७५५ पेजको रेडबुकको २९४ पेजका करिब ८ हजार योजना लुकाइएको छ ।’ 

उनले सरकारले आर्थिक अपराध गरेको आरोप समेत लगाए । ३ अर्ब र अर्को ९७ करोड ६० लाखको कुपोषण शीर्षकको छुट भुक्तानीको विनियोजनमा पनि गडबडी भएको उनको आरोप छ ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ३ : ५१ बजे

अब स्थानीय तहबाटै स्थायी लेखा नम्बर लिन सकिने

काठमाडौं– अब स्थानीय तहबाटै स्थायी लेखा नम्बर लिन सकिने भएको

राष्ट्रपति पौडेल कतारबाट स्वदेश प्रस्थान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहाबाट स्वदेश प्रस्थान गरेका

बिहारमा चुनाव : प्रधानमन्त्री मोदीको लोकप्रियता परीक्षण

नयाँ दिल्ली- भारतको पूर्वी राज्य बिहारमा बिहीबार जारी विधानसभा निर्वाचनलाई

नेपाली कांग्रेस संस्थापन पक्षको भेला (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्षले नियमित महाधिवेशनका लागि दबाब दिन