चिनियाँ युवाहरुमा हृदयरोगको समस्या बढ्दै « Khabarhub

चिनियाँ युवाहरुमा हृदयरोगको समस्या बढ्दै


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ युवाहरुमा हृदयरोगको समस्या बढ्दै गएको पाइएको छ । पछिल्लो समय चीनमा हृदयरोगका कारण २०, ३० र ४० वर्ष उमेर समूहका युवाको मृत्युदर बढिरहेको हो ।

हङकङ पोस्टका अनुसार विशेषगरी वृद्धवृद्धामा देखिने हृदयरोगका कारण युवाहरु नै पीडित हुन थालेपछि चिकित्सकहरु पनि चिन्तित बनेका छन् । गत अप्रिल महिनामा शिजियाझुवा ट्युमर अस्पतालमा कार्यरत हृदयरोग विशेषज्ञले पछिल्लो समय हृदयघात र मष्तिष्कघातका बिरामी बढ्दै गएको र त्यसमा पनि धेरै जना युवा रहेको खुलासा गरेका थिए ।

चिनियाँ भिडियो शेयरिङ साइट डोउयिनमा पोस्ट गर्दै उनले यस्तो बताएका थिए । हङकङ पोस्टका अनुसार अन्त्येष्टि सेवा प्रदायकहरु पनि युवाहरुको निधनबाट आश्चर्यमा परेका छन् ।

उनीहरुले प्रायः ८० र ९० को दशकमा जन्मेका व्यक्तिहरुको हृदयघातका कारण मृत्युदर बढ्दै गएको बताएका छन् । युवाहरुको मृत्युदर बढ्दै जाँदा त्यसले आर्थिक उत्पादकत्वमा नकारात्मक असर पार्नुका साथै जनसाङ्ख्यिकीय अस्थीरता पनि उत्पन्न गराउने चिन्ता बढेको छ ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ४ : १६ बजे

सांसदले निजी स्वकीय सचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौं- सङ्घीय संसद्का सांसदले निजी स्वकीय सचिव राख्ने सम्बन्धमा भएको

सरकारमाथि अन्तर्राष्ट्रिय संस्थाको गम्भीर आरोप : सर्वोच्चका तीन न्यायाधीशलाई राजीनामाको दबाब दिइयो, महाभियोग लगाउन खोजियो

काठमाडौं– तीनवटा अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाले नेपालमा न्यायपालिकाको स्वतन्त्रतामाथि राजनीतिक हस्तक्षेप

दश अर्ब राजस्व सङ्कलन

विराटनगर- आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा कूल

कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब (तस्बिर)

काठमाडौं– नेपाली कांग्रेसबाट निर्वाचित स्थानीय तहका प्रमुख–उपप्रमुखले पार्टी नफुटाउन इतर पक्षलाई