मधेश सरकारको बजेट सर्वसम्मत पारित « Khabarhub

मधेश सरकारको बजेट सर्वसम्मत पारित


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सर्वसम्मतले पारित भएको छ । सोमबार बसेको प्रदेशसभा बैठकलाई सदनमा रहेको प्रतिपक्षी दलले बैठक बहिष्कार गरेपछि सञ्चालन भएको बैठकमा विनियोजन विधेयक २०८२ सर्वसम्मतले पारित भएको हो ।

अर्थमन्त्री सुनिलकुमार यादवले प्रदेशसभामा विनियोजन विधेयक, २०८२ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकोमा हुन्न भन्ने आवाज नसुनिएपछि सभामुख रामचन्द्र मण्डलले विनियोजन विधेयक सर्वसम्मतले पारित भएको घोषणा गरे । 

मधेस प्रदेशसभामा १० दल रहेकोमा जनमत पार्टीको नेतृत्वमा रहेको सरकारमा नेकपा एमाले, नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी सरकारमा  छ ।

बाँकी रहेको ६ दल जनता समाजवादी पार्टी, नेपाल, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, राप्रपा, नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी पार्टी नेपाल प्रतिपक्षमा छ ।

अर्थमन्त्री सुनिलकुमार यादवले असार १ गते ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजार बराबरको बजेट प्रस्तुत गरेका थिए । त्यसयता बैठक पटक पटक अवरुद्ध हुँदै आएकोमा सोमबार प्रतिपक्षी दलको बहिष्कारकाबीच भएको छलफल पश्चात् मन्त्रालयगत रूपमा मन्त्रीहरूले जवाफ दिएपछि विनियोजन विधेयक पारित भएको हो ।

सभामुख मण्डलले विनियोजन विधेयक पारित भएपछि बैठक ५ बजेर ५ मिनेटसम्मका लागि स्थगित गरेका हुन् ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ४ : ३९ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट