‘आम्दानीको स्रोतसम्बन्धी व्यवस्था लचिलो हुनुपर्छ, नत्र सचिवले पनि घर किन्न सक्दैनन्’ « Khabarhub

मौद्रिक नीति

‘आम्दानीको स्रोतसम्बन्धी व्यवस्था लचिलो हुनुपर्छ, नत्र सचिवले पनि घर किन्न सक्दैनन्’


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैङ‍्कले आगामी आर्थिक वर्षको लागि ल्याएको मौद्रिक नीतिमा घर कर्जाको कारोबारमा थप सहज व्यवस्था गरेको छ । नीतिले घर कर्जाको लागि सीमा बढाइनेदेखि ‘लोन टु भ्याल्यू रेसियो’ मा समेत वृद्धि गरेको छ ।

तर घर–जग्गा क्षेत्रका व्यवसायीले भने घर–जग्गा खरिदका लागि देखाउनुपर्ने स्रोतसम्बन्धी थप व्यवस्था नहुँदासम्म आम मान्छेलाई घरजग्गा खरिद गर्न सहज अवस्था नरहेको बताएका छन् । अहिले देशैभरिका सहरी क्षेत्रमा घर घडेरीको मूल्य निकै उच्च छ । जसलाई खरिद गर्नको लागि उच्च स्तरका कर्मचारीले समेत स्रोत देखाउन सक्ने अवस्था नरहेको व्यवसायीले बताएका छन् ।

नेपाल जग्गा तथा आवास विकास महासङ्घका अध्यक्ष विष्णुप्रसाद घिमिरेले खबरहबसँग कुरा भने- ‘मौद्रिक नीतिले घर–जग्गा व्यवसायीलाई केही सहज अवस्था बनाएको भए पनि कारोबार विस्तारका लागि भने स्रोत सम्बन्धी सहज व्यवस्था हुनुपर्छ ।’

प्रस्तुत छ, मौद्रिक नीतिले घरजग्गाको व्यापार विस्तार हुन्छ त ? भन्ने प्रश्नमा उनले दिएको जवाफ :

घर–जग्गा व्यवसाय नचल्दा सबै व्यवसाय सुस्ताएका थिए । अहिले आएको मौद्रिक नीतिले चल्यो भने सबै व्यवसाय चल्छ । मौद्रिक नीति नआएको भए असार मसान्तमा नै धेरै व्यवसायी धरासायी भइसकेका हुन्थे । सावाँ र ब्याज तिर्न नसकेर चार-पाँच वर्षदेखि गाह्रो अवस्था थियो, पुनर्तालिकीकरण भएको हुनाले अब ब्याज मात्रै तिर्दा पनि व्यवसायी बाँच्ने अवस्था भएको छ ।

अर्को कुरा, कर्जा लिँदा ‘लोन टु भ्याल्यू रेसियो’ ५० प्रतिशत मात्रै थियो, पुँजी मूल्याङ्कनको ५० प्रतिशत मात्रै पाइन्थ्यो । अब ७० प्रतिशत पुग्यो । पहिलो पटक लिनेले त ८० प्रतिशतसम्म पाउने व्यवस्था छ । यो वृद्धि भनेको धेरै ठूलो कुरा हो । तर आम्दानीको स्रोतको कठिनाइ छ । त्यो पनि अझ सहजरूपमा आयो भने मात्रै अहिले ल्याएको नीति लागू हुन्छ, नत्र जति सहज गरे पनि आम्दानीको स्रोत पुष्टि गर्न सकिँदैन ।

जस्तै, तीन करोडको घर किन्नलाई ८० प्रतिशत ‘लोन टु भ्याल्यू रेसियो’ दिने भनेको छ तर, दुई करोड मात्रै लिनुपर्‍यो भने पनि त्यसको चार-साढे चार लाख रुपैयाँ महिनाको तिर्नुपर्ने हुन्छ । त्यो देखाउन कम्तिमा ६ लाख रुपैयाँ मासिक आम्दानी देखाउन पर्‍यो । यो त कसैले लिन सक्ने अवस्था नै छैन । यहाँका ठूला–ठूला कर्मचारी सचिवले नै दुई करोड रुपैयाँ लिन सक्ने अवस्था देखिँदैन किनभने सचिवको तलब भनेको ७५ हजार रुपैयाँ मात्रै हुन्छ । आम्दानीको स्रोतबाट ७० प्रतिशत गर्दा पनि ५० हजार हुन्छ । ५० हजार महिनाको तिर्नको लागि २०-२५ लाख रुपैयाँ भन्दा ऋण पाइँदैन । त्यसोहुँदा अलिकति थोरै आम्दानीको स्रोत स्वघोषित गर्ने व्यवस्था हुनुपर्‍यो ।

कि त व्यवसाय गरेर नाफा देखिनुपर्‍यो कि त तलब हुनुपर्‍यो, त्यो भन्दा बाहेकलाई त आम्दानी गणना गरिएन नि । हाम्रो देश कृषि प्रधान देश हो । खेती गरेर उखु उत्पादन गरेर बिक्री गर्दा त्यसको आम्दानी देखिँदैन । धान, मकै, कोदो बिक्री गरेको आम्दानी देखिँदैन । ती बिक्री गर्दा पनि त आम्दानी हुन्छ तर, कर तिरेको त देखिँदैन ।

त्यसकारण यस प्रकारका आम्दानीलाई पनि सम्बन्धित नगर–गाउँ पालिकाबाट प्रमाणित गर्ने व्यवस्था गर्नुपर्छ भन्ने हाम्रो माग छ । यो हुनुपनि पर्छ । यसो भयो भने सहज हुन्छ ।

यो मौद्रिक नीति जसरी आइरहेको छ, ठूला व्यवसाय गर्नेहरूको लागि मात्रै भयो । सर्वसाधारण मान्छेको लागि जसले म महिनाको १-२ लाख रुपैयाँ तिर्न सक्छु भन्नेको लागि आम्दानीको स्रोत देखाउन नसकेको कारणले गर्दाखेरी ऋण नपाइने हो कि भन्ने कुरा पनि छ ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ४ : ५१ बजे

जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

रामेछाप– ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी इटहरीउपमहानरपालिका-१७ घर

लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

धनुषा– नापी कार्यालय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई

नवलपरासी र भक्तपुरमा दुई जनाको शव भेटियो

काठमाडौं– नवलपरासी पश्चिमको सुनवल नगरपालिका-८ संगमटोल बस्ने ५० वर्षीय सन्त बहादुर गुरूङ

‘नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि