असोज ३ गतेभित्र एनटिभी वल्र्ड सञ्चालनमा ल्याउन मन्त्री गुरुङको आग्रह « Khabarhub

असोज ३ गतेभित्र एनटिभी वल्र्ड सञ्चालनमा ल्याउन मन्त्री गुरुङको आग्रह


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारण नेपालको ‘एनटिभी वल्र्र्ड’ असोज ३ गतेभित्रै सञ्चालन गर्न निर्देशन दिएका छन् ।

सिंहदरबारस्थित नेपाल टेलिभिजनमा पुगेर उनले एनटिभी वल्र्डको तयारी भइरेहकोमा निरीक्षण गर्दै व्यवस्थपानलाई आवश्यक निर्देशनात्मक सुझाव दिएका हुन् । मन्त्री गुरुङले एनटिभी वल्र्डले विश्वमा नेपाल जोड्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै यसको सञ्चालनमा छिटो जोड दिनुपर्ने बताएका हुन् । 

सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले नेपालको मौलिकता र विशेषतालाई कायम राख्ने गरी एनटिभी वल्र्डका कार्यक्रमहरु प्रस्तुत गर्न सुझाव दिए । साथै उनले विश्वसामु नेपालको पहिचान स्थापित गर्ने विषयमा जोड दिन आग्रह गरे ।  

पिएसबीका अध्यक्ष डा. महेन्द्र विष्टले एनटिभी वल्र्डको मर्म र उद्देश्यपूर्ति गर्न व्यवस्थापनमा खटिएको बताए। यसका लागि मन्त्रालयको सहकार्यले नै कार्य सम्पादनमा सघाउ पुगेको उनले जानकारी दिए । सीमित स्रोत र साधनका बीच एनटिभी वल्र्डलाई विश्वसामु लायक बनाउन प्रयत्नरत हुने उनको प्रतिबद्धता छ ।

कार्यक्रममा डा टंक उप्रेतीले एनटिभी वल्र्ड सञ्चालनको पूर्वतयारीबारे कार्यपत्र प्रस्तुत गरेका थिए। उनको प्रस्तुतिमा एनटिभी वल्र्ड सञ्चालनको ढाँचा, सामग्री र रचनात्मक संरचनामा केन्द्रित थियो ।
 

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ४ : ४३ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको