गगन थापाले प्रधानमन्त्रीलाई भने- सामान्य प्रशासनमन्त्री गुप्तलाई बर्खास्त गर्नुस् « Khabarhub

गगन थापाले प्रधानमन्त्रीलाई भने- सामान्य प्रशासनमन्त्री गुप्तलाई बर्खास्त गर्नुस्


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


633
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तलाई तत्काल बर्खास्त गर्न सुझाव दिएका छन् । 

कांग्रेसको केन्द्रीय पेशागत तथा बुद्धिजीवी विभागले सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको ‘नेपालमा विपद जोखिम व्यवस्थापन : चुनौती, अवसर र भावी कार्यदिशा’ विषयक छलफल कार्यक्रममा यस्तो सुझाव दिएका हुन् । 

‘कार्यक्रममार्फत् बाटै म प्रधानमन्त्रीलाई अनुरोध गर्छु– तपाईंले तत्काल तपाईंको मन्त्रीलाई बर्खास्त गर्नुस्,’ महामन्त्री थापाले भने, ‘यो विषयको छानबिन गर्ने कुरालाई सहज बनाउनुस् ।’

उनले सामान्य प्रशासनमन्त्री गुप्तालाई बर्खास्तमात्रै गरेर नहुने पनि स्पष्ट पारे । ‘बर्खास्त गरेरमात्रै हुँदैन, यत्तिको कुरा आइसकेपछि यसको दूधको दूध, पानीको पानी हुनुपर्छ,’ थापाले भने, ‘यसको छानबिन हुनुपर्छ । र, यसमा देखिएका, संलग्न भएका अरु को–को छन्, कोही छन् भने कारबाही हुनुपर्छ ।’

उनले आफू देशबाहिर रहेका बेला मन्त्रीको अडियो कान्ड बाहिरिएको र त्यो कान्ड आइसकेपछि आफूलाई प्रधानमन्त्री ओलीले मन्त्रीलाई बर्खास्त गर्लान् भन्ने अनुमान गरेको पनि सुनाए ।  

‘म त्यहाँ (विदेश) भएको बेलामा सरकारमाथि ठूलो आपत आएछ । एकजना मन्त्रीजीको अडियो कान्ड आएको कुरा यहाँ सुन्यौँ हामीले । बहालवाला मन्त्रीको यत्तिको विषय आइसकेपछि, ती मन्त्रीले गल्ती गरेका होइनन् भने तुरुन्त राजीनामा दिएर ममाथि छानबिन होस् भन्थे होलान् भन्ने मेरो अनुमान,’ थापाले भने, ‘मन्त्रीले त्यति नभनिसकेपछि प्रधानमन्त्रीले तुरुन्त बर्खास्त गरिहाल्नुहोला भन्ने मेरो अपेक्षा थियो । यसका बारेमा टिप्पणी नै गर्न पर्दैन होला भन्ने लागेको थियो । तर, टिप्पणी गर्नुपर्ने अवस्था आयो ।’

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ४ : ४७ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक