गगन थापाले प्रधानमन्त्रीलाई भने- सामान्य प्रशासनमन्त्री गुप्तलाई बर्खास्त गर्नुस् « Khabarhub

गगन थापाले प्रधानमन्त्रीलाई भने- सामान्य प्रशासनमन्त्री गुप्तलाई बर्खास्त गर्नुस्


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


633
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तलाई तत्काल बर्खास्त गर्न सुझाव दिएका छन् । 

कांग्रेसको केन्द्रीय पेशागत तथा बुद्धिजीवी विभागले सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको ‘नेपालमा विपद जोखिम व्यवस्थापन : चुनौती, अवसर र भावी कार्यदिशा’ विषयक छलफल कार्यक्रममा यस्तो सुझाव दिएका हुन् । 

‘कार्यक्रममार्फत् बाटै म प्रधानमन्त्रीलाई अनुरोध गर्छु– तपाईंले तत्काल तपाईंको मन्त्रीलाई बर्खास्त गर्नुस्,’ महामन्त्री थापाले भने, ‘यो विषयको छानबिन गर्ने कुरालाई सहज बनाउनुस् ।’

उनले सामान्य प्रशासनमन्त्री गुप्तालाई बर्खास्तमात्रै गरेर नहुने पनि स्पष्ट पारे । ‘बर्खास्त गरेरमात्रै हुँदैन, यत्तिको कुरा आइसकेपछि यसको दूधको दूध, पानीको पानी हुनुपर्छ,’ थापाले भने, ‘यसको छानबिन हुनुपर्छ । र, यसमा देखिएका, संलग्न भएका अरु को–को छन्, कोही छन् भने कारबाही हुनुपर्छ ।’

उनले आफू देशबाहिर रहेका बेला मन्त्रीको अडियो कान्ड बाहिरिएको र त्यो कान्ड आइसकेपछि आफूलाई प्रधानमन्त्री ओलीले मन्त्रीलाई बर्खास्त गर्लान् भन्ने अनुमान गरेको पनि सुनाए ।  

‘म त्यहाँ (विदेश) भएको बेलामा सरकारमाथि ठूलो आपत आएछ । एकजना मन्त्रीजीको अडियो कान्ड आएको कुरा यहाँ सुन्यौँ हामीले । बहालवाला मन्त्रीको यत्तिको विषय आइसकेपछि, ती मन्त्रीले गल्ती गरेका होइनन् भने तुरुन्त राजीनामा दिएर ममाथि छानबिन होस् भन्थे होलान् भन्ने मेरो अनुमान,’ थापाले भने, ‘मन्त्रीले त्यति नभनिसकेपछि प्रधानमन्त्रीले तुरुन्त बर्खास्त गरिहाल्नुहोला भन्ने मेरो अपेक्षा थियो । यसका बारेमा टिप्पणी नै गर्न पर्दैन होला भन्ने लागेको थियो । तर, टिप्पणी गर्नुपर्ने अवस्था आयो ।’

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ४ : ४७ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम