प्रचण्डलाई प्रधानमन्त्रीको जवाफ- फ्लडलाइट र प्याराफिट धमाधम निर्माण हुँदैछ, हेर्न जानू « Khabarhub

प्रचण्डलाई प्रधानमन्त्रीको जवाफ- फ्लडलाइट र प्याराफिट धमाधम निर्माण हुँदैछ, हेर्न जानू


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो वाचाअनुसार त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्याराफिट जडानको काम द्रूत गतिमा भइरहेको बताएका छन् ।

सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेताका रुपमा संसद्मा बोल्दै तीन सय दिनमा बनाइसक्ने भनेको फ्लड लाइट र प्याराफिट अझै तयार नभनेको बताएका थिए ।

यसैलाई लिएर ओलीले सामाजिक सञ्जालमार्फत् प्रचण्डलाई जवाफ फर्काएका हुन् । ‘पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालजीले आज प्रश्न सोध्नु भएछ– कीर्तिपुरको मैदानमा खोई फ्लडलाइट ? खोई प्याराफिट ?’, उनले भनेका छन्, ‘उहाँलाई मेरो आग्रह छ, बनिरहेको प्याराफिट हेर्न जानुस्, जडान हुँदै गरेको फ्लडलाइटका पोल हेर्न जानुस्, बनिरहेको छ ।’

उनले प्रचण्डलाई उनी प्रधानमन्त्री हुँदा कुनै पनि कामलाई टाइमलाइन तोकेर गर्छु नभनेको बताए । ‘तपाईंले केही गर्नु पनि परेन र गर्नु पनि भएन । सरकारको कामबारे तथ्यतथ्यांक राखेर तपाईंले प्रधानमन्त्रीको रुपमा जवाफ पनि दिनु परेन’, उनले भने, ‘तपाईंका त न कुनै वाचा, न कुनै निर्णय, न कुनै संकल्प, न कुनै काम ।’

ओलीले आफू प्रधानमन्त्री भएपछि दिनै तोकेर केही गर्न खोजेको बताएका छन् । ‘मैले त दिन तोकेर गर्छु भनेँ, आफैंमाथि प्रश्न आह्वान गरेँ र काम पनि गरेँ’, ओलीको तर्क छ, ‘तपाईंले जर्जर छोडेको अर्थतन्त्र अहिले कहाँ पुग्यो ? तथ्याङ्क हेर्नुस् भन्ने सुझाव दिन चाहन्छु ।’

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ४ : ४९ बजे

अमेरिकाको दाबी : इरानका ८० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

वासिङ्टन- अमेरिकाले इरानविरुद्ध सञ्चालन गरेको सिलसिलेवार सैन्य कारबाहीमा ८० भन्दा बढी

सिँचाइ कुलो निर्माणले बाँझो जमिनमा खेती

मान्म– स्थानीय नरहरिनाथ गाउँपालिका–७ माल्कोट गाउँमा सिँचाइ कुलो निर्माण भएपछि

बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

गण्डकी– पर्यटकीय नगरी पोखरामा साहसिक खेल बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण

शुद्धीकरणको कार्यालयलाई अझ सशक्त बनाउनुपर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुद्धीकरणको कार्यालयलाई अझ सशक्त बनाउनुपर्ने

अमेरिकी आक्रमणपछि इरानी राष्ट्रपति पेजेस्कियन इराक भ्रमण छोट्याएर तेहरान फर्किए

तेहरान- अमेरिकी सैन्य आक्रमण सुरु भएपछि इरानी राष्ट्रपति मसूद पेजेस्कियनले इराकको