काठमाडौं, धादिङ र सिराहाबाट लागूऔषधसहित चार जना पक्राउ « Khabarhub

काठमाडौं, धादिङ र सिराहाबाट लागूऔषधसहित चार जना पक्राउ


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले लागूऔषध खैरोहिरोइनसहित काठमाडौं, धादिङ र सिराहाबाट चार जनालाई पक्राउ गरेको छ ।

चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट १ ग्राम खैरो हेरोइनसहित रूपन्देहीको बुटवल-११ का अभिशेक श्रेष्ठलाई सोमबार बिहान पक्राउ गरेको हो । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले काँकरभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा प्र.०१-००६ ख ४७९६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार श्रेष्ठलाई उक्त पदार्थ सहित फेला पारेको प्रहरीले जनाएको छ ।

यस्तै सिराहा गोलबजार नगरपालिका-३ जम्दहबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ ६० मिलिग्रामसहित दुई जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा स्थानीय जयकुमार नायक र मिर्चैया नगरपालिका-७ का रंजितकुमार मण्डल छन् ।

त्यसैगरी धादिङ बेनीघाट रोराङ गाउँपालिका-२ आँपटारबाट १ सय ४३ किलो ८ सय ४० ग्राम गाँजासहित भारत बिहार मोतिहारी थाना रक्सोल नोइपाढीह-४ सहदेवाका सरहज मियाँलाई सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय गजुरी र प्रहरी चौकी ताल्तीबाट खटिएको प्रहरीले कान्द्राङगढीबाट मलेखुतर्फ आँउदै गरेको बिआर ०६ पिसि ११६७ नम्बरको गाडीलाई जाँच गर्दा उक्त परिमाणको गाँजा फेला पारी चालक मियाँलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ५ : २८ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको