सरकारले कसैलाई जोगाएको छैन, अडियो प्रकरणमा छिटै निष्कर्ष आउँछ : महेश बर्तौला « Khabarhub

सरकारले कसैलाई जोगाएको छैन, अडियो प्रकरणमा छिटै निष्कर्ष आउँछ : महेश बर्तौला


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणमा छिटै एउटा निष्कर्ष आउने बताएका छन् ।  

सोमबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले उक्त प्रकरणमा प्रधानमन्त्रीले चासो राख्दै अध्ययन गरिरहेको भन्दै छिटै एउटा निष्कर्ष आउने बताएका हुन् । 

मन्त्रीमाथि उठेका प्रश्नहरूको जबाफदेहिता सम्बन्धित व्यक्तिले बेहोर्नुपर्ने उनले बताए । बर्तौलाले अडियो प्रकरणमा दोषी देखिए सरकारका तर्फबाट कसैलाई जोगाउने काम नहुने स्पष्ट पारे ।  

त्यस्तै उनले सत्ता साझेदार दलबीच सरकारका मन्त्रीहरूले एक वर्षमा गरेको कामकारबाहीका बारेमा समीक्षा हुने जिकिर गरे । 

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ५ : ४० बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको