छाउगोठमा कञ्चनपुरकी युवतीको मृत्यु, दोषीलाई कारबाही गर्न समाजवादी महिला संघको माग « Khabarhub

छाउगोठमा कञ्चनपुरकी युवतीको मृत्यु, दोषीलाई कारबाही गर्न समाजवादी महिला संघको माग


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिका–१, निगालीमा छाउगोठमा बस्दा सर्पले टोकेर २८ वर्षीया कमला आउजीको मृत्युबारे नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल महिला संघ (समाजवादी) ले दुःख व्यक्त गरेको छ ।

संगठनले उक्त कुरीति जोगाएर ती महिलाले ज्यान गुमाउनुपर्ने अवस्था बनाउनेहरूमाथि कडा कारबाहीको माग गरेको छ।

असार २८ गते राति सुतिरहेको अवस्थामा सर्पले टोकेपछि आउजीलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको थियो। तर, उपचारका क्रममा उनको मृत्यु भएको हो।

महिला संघकी अध्यक्ष मुनु सिग्देलले जारी छाउपडी जस्ता खराब परम्पराहरूको अन्त्यका लागि बनेका कानुनी व्यवस्था कार्यान्वयन प्रभावकारी हुन नसकेको भन्दै चिन्ता जनाएकी छन् ।

‘एकातर्फ नेपालको संविधानले महिलाको समानताको हकलाई मौलिक अधिकारको रूपमा सुनिश्चित गरेको छ’, उनले भनेकी छन्, ‘अर्कोतर्फ सर्वोच्च अदालतले २०६२ सालमै छाउपडी प्रथालाई गैरकानुनी ठहर गरिसकेको छ। तर, पनि यस्ता घटना अझै दोहोरिनु दुःखद छ।’

संघले आउजीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारप्रति समवेदना प्रकट गरेको छ। घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न स्थानीय प्रशासनसँग संघले माग गरेको छ।

संघले छाउपडी तथा अन्य हानिकारक सामाजिक परम्पराविरुद्ध बनेका कानुन प्रभावकारी कार्यान्वयन गर्न, जनचेतना अभिवृद्धि गर्न शिक्षा र सामाजिक अभियान चलाउन संघ, प्रदेश र स्थानीय सरकारलाई आग्रह गरेको छ।

‘छाउपडी प्रथा महिलाविरुद्धको हिंसाको गम्भीर रूप हो, यसको निरन्तरताले महिलाको स्वास्थ्य, जीवन, सम्मान र मानव अधिकारमा प्रत्यक्ष चोट पुर्‍याउँछ,’संघले भनेको छ ।

महिला संघले सामाजिक संरचनाभित्र गढेका यस्ता अन्धविश्वास र विभेदकारी अभ्यासहरूको अन्त्यका लागि सबै तहका सरोकारवाला निकायलाई अझ कडाइका साथ जिम्मेवार हुन पनि अपील गरेको छ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ६ : ४३ बजे

सुकुम्वासी शिविरमा स्वास्थ्य परीक्षण, आजदेखि पठनपाठन सुरु

भक्तपुर– सुकुम्वासीका अस्थायी शिविर भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम

संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै

काठमाडौं– संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज

मुस्ताङका पर्यटकीय पदमार्गहरू मर्मत तथा स्तरोन्नति गरिँदै

मुस्ताङ– यहाँका पर्यटकीय पदमार्गहरूको मर्मत तथा स्तरोन्नति सुरु गरिएको छ

जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी भन्सारमै रोकिए

वीरगन्ज– मुलुककै सबैभन्दा धेरै वस्तु तथा सामान आयात हुने वीरगन्ज

वर्षाले मकैखेती फस्टाउँदै, उत्पादन बढ्ने आशामा किसान

गाईघाट– खडेरी हुने महिना चैत वैशाखमै निरन्तर वर्षा भएपछि मकैबाली