भारतीय मन्त्री भन्छन्- कालादान परियोजना २०२७ देखि सञ्चालनमा आउँछ « Khabarhub

भारतीय मन्त्री भन्छन्- कालादान परियोजना २०२७ देखि सञ्चालनमा आउँछ


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतका जल परिवहनमन्त्री सर्वानन्द सोनोवालले कालादान परियोजना सन् २०२७ देखि सञ्चालनमा आउने बताएका छन् । पूर्वोत्तर क्षेत्रमा सहज पहुँच विस्तार गर्नका लागि भारतले म्यान्मारसँग मिलेर यस परियोजना निर्माण गरिरहेको छ ।

यस परियोजना सम्पन्न भएको खण्डमा पश्चिम बङ्गालको राजधानी कोल्काता र मिजोरम राज्यको राजधानी ऐजवालबीचको दूरी ७ सय किलोमिटरले छोटिने अपेक्षा गरिएको उनले बताए । हाल सित्वे बन्दरगाह तयार रहेको बताउँदै उनले म्यान्मारको बाटो हुँदै ऐजवाललाई उक्त बन्दरगाहसँग जोड्ने कार्य जारी रहेको जानकारी दिए ।

सित्वे बन्दरगाह म्यान्मारको रखाइन राज्यमा अवस्थित रहेको छ । सन् २०२३ मा सञ्चालनमा आएयता उक्त बन्दरगाहमा कोल्कातादेखि गएका जहाजबाट २ हजार मेट्रिक टन कार्गो अनलोड गरिएको छ ।

मन्त्री सोनोवालले पूर्वोत्तर क्षेत्रले भारतको आर्थिक समृद्धिका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । इण्डियन डिफेन्स रिसर्च विङका अनुसार भारतको जलपरिवहन मन्त्रालयले जलमार्गको विकासका लागि १ हजार करोड भारतीय रुपैयाँ लगानी गरेको छ ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ७ : ०५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया