मुस्ताङको छेङ्गुरमा ‘हाइअल्टिच्युड खेल मैदान’ « Khabarhub

मुस्ताङको छेङ्गुरमा ‘हाइअल्टिच्युड खेल मैदान’


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ – मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–२ छेङ्गुरमा ‘हाइअल्टिच्युड खेल मैदान’ निर्माण थालनी गरिएको छ । यहाँ हाइअल्टिच्युड ट्रेनिङ सेन्टर निर्माण गर्ने गण्डकी प्रदेश सरकारको लक्ष्यअनुरुप प्रारम्भिक चरणमा खेल मैदान निर्माण थालनी गरिएको हो ।

सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत चालु आर्थिक वर्षमा विनियोजित रु ३० लाखमा खेलमैदान निर्माण सुरु गरिएको सामाजिक विकास कार्यालय मुस्ताङका प्रमुख निरपति दर्जीले जानकारी दिए ।

समुद्री सतहदेखि तीन हजार ९०० मिटर उचाइमा रहेको बारागुङ–२ छेङ्गुर गाउँ माथिको पाखोमा मैदान निर्माण सुरु भएको उनले बताए । “चालु आवमा विनियोजित बजेटले स्थानीय उपभोक्ता समितिमार्फत खेलमैदान निर्माणको काम भएको हो”, कार्यालय प्रमुख दर्जीले भने, “सीमित बजेटमा यसपटक मैदानको जमिन सम्याउने, फिलिङ गर्ने, कटिङ गर्ने र ग्रेड मिलाउने काम सम्पन्न भएको छ ।”

उपभोक्ता समितिका सचिव गमबहादुर गुरुङले सीमित बजेटले प्रारम्भिक चरणका पूर्वाधार निर्माणअन्तर्गत फुटबल मैदान निर्माण भएको बताए । “अब स्टेज, प्यारापिट, ड्रेन र रङरोगनलगायत काम बाँकी छन्”, उनले भने ।

स्थानीय धावा छिरिङ गुरुङले यहाँ सुविधासम्पन्न हाइअल्टिच्युड खेलमैदान निर्माण भएमा खेल पर्यटनको विकासमा ठूलो योगदान पुग्ने बताए । गण्डकी प्रदेश सरकारले हाइअल्टिच्युड अन्तरराष्ट्रिय ट्रेनिक सेन्टर निर्माण गर्ने लक्ष्यअनुरुप खेल मैदान निर्माण प्रारम्भ गरेको र यसलाई पूर्णथता दिनुपर्ने उनको भनाइ छ ।

यहाँ नजिकै मुक्तिनाथ मन्दिर र अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत विश्वकै अग्लो उचाइमा रहेको भनिएको थोरङ्लापास यसै स्थान नजिकै रहेको छ । पछिल्लो सयम सडक यातायातको पहुँचसमेत भएकाले यहाँ अन्तरराष्ट्रिय हाइअल्टिच्युड ट्रेनिङ सेन्टर पूर्वाधार उपयुक्त भएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिङजिन नामगेल गुरुङले उल्लेख गरे। यहाँको पर्वतीय क्षेत्रमा सबै किसिमका खेलकुदको उपयुक्त प्रशिक्षण दिन सकिने र यसका लागि सरकारले छिटोभन्दा छिटो पूर्वाधार निर्माणमा जोड दिनुपर्ने उनको आग्रह छ ।

मुक्तिनाथ क्षेत्रमा अन्तरराष्ट्रिय हाइअल्टिच्युड ट्रेनिङ सेन्टर बनेमा मुस्ताङको मात्रै नभई समग्र गण्डकी प्रदेशकै खेल पर्यटनको विकास हुने जनप्रिय युवा क्लबका अध्यक्ष कैसाङ ठोक्या गुरुङले उल्लेख गरे।

प्रदेश सरकारले यहाँ ट्रेनिक सेन्टर निर्माणका लागि ५७० रोपनी जग्गा आफ्नो नाममा ल्याउने योजना बनाएको छ । त्यसका लागि आगामी आर्थिक वर्षको बजेटमा आवश्यक रकम विनियोजन गरिएको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सूचना अधिकारी अञ्जना शर्माले जानकारी दिए ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ९ : ०० बजे

राष्ट्रपति पौडेलद्वारा निर्वाचन आयोगको प्रमुख आयुक्तमा मानबहादुर कार्की नियुक्त

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर

सहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनमा सहकार्य

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले काठमाडौं महानगरपालिकासँग सहकार्य

कुवेतको चिनियाँ कम्पनीमा इरानी आक्रमण : एकजना नेपालीको मृत्यु

काठमाडौं– पश्चिम एसिया युद्धको असर वैदेशिक रोजगारीमा रहेका नेपालीमा पनि

सुनसरीको तनाव सिरहा सर्‍यो, ठाउँ ठाउँमा आगजनी (तस्बिरहरू)

काठमाडौं– सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन सिरहामा

देश जल्न थाल्यो, पूर्वराजा र राष्ट्रपति बोल्दा पनि तोडिएन प्रधानमन्त्रीको मौनता

काठमाडौं- पाँच दिनदेखि देशका विभिन्न क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप