गाजामा भएको आक्रमणमा सय जनाको मृत्यु | Khabarhub Khabarhub

गाजामा भएको आक्रमणमा सय जनाको मृत्यु


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

गाजा – गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा सय जनाको ज्यान गएको छ। बुधबार उत्तरी गाजामा राहत व्यवस्थित गराउन गएका प्यालेस्टाइनमा भएको हमलामा मात्र १२ जनाको ज्यान गएको छ। यसैगरी राहत लिन गएका अन्य ३७ जना मारिएका छन्। यी मध्य रफाहाको उत्तरी भागमा १६ जना मारिएका हुन्।

२४ घण्टाको अन्तरालमा कुपोषणका कारण तीन बालबालिकासहित आठ जनाको ज्यान गएको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०२३ को अक्टोबरमा इजरायलले आक्रमण सुरु गरेपछि गाजामा २३५ जनाको कुपोषणको कारण ज्यान गएको छ। यी मध्य १०३ जना बालबालिका छन्।

युद्धको समयमा इजरायलले गाजाको स्वास्थ्य संरचनालाई पनि निसाना बनाएको छ। सो निसानामा स्वास्थ्यकर्मी र प्यारामेडिक्स पनि परेका छन्। यसरी अनाहकमा मानिसको ज्यान जानेक्रम बढेपछि हमासले नै युद्ध विराम र वार्तामा चासो दिन थालेको छ। बुधबार हमासले इजिप्टमार्फत युद्ध विराममा चासो दिन थालेको हो।

यसअघि जुलाई महिनामा कतारमा भएको वार्ता निष्कर्ष हीन भएको थियो।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  ७ : ०४ बजे

कृषि समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको कृषि, सहकारी तथा प्राकृतिक

यी भूभागमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज श्रीकृष्ण जन्माष्टमी पर्व

काठमाडौं – ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा-आराधना गरी

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाईँदै

काठमाडौं– ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदैछ

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय