एन्फा महिला लिग छनोट आजदेखि, उद्घाटन खेलमा छहारी एफसी र एफसी रियल भिड्ने « Khabarhub

एन्फा महिला लिग छनोट आजदेखि, उद्घाटन खेलमा छहारी एफसी र एफसी रियल भिड्ने


२९ श्रावण २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा आज (बिहीबार)देखि एन्फा महिला लिग छनोट आयोजना हुँदैछ ।

प्रतियोगिताको उद्घाटन खेलमा आज छहारी फुटबल क्लब र एफसी रियल भिड्नेछन् । खेल ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा दिउँसो १ बजे सुरु हुनेछ ।

यस्तै, आजै हुने दोस्रो खेलमा सङ्कटा क्लब र नेपाल खेलकुद क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल अपराह्न सवा ४ बजे सुरु हुनेछ ।

प्रतियोगितामा १४ टोलीको सहभागिता रहने छ । सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । खेल राउन्ड रोबिन लिगका आधारमा हुनेछ ।

प्रतियोगितामा जम्मा ४३ खेल हुने छन् । खेलहरू सातदोबाटोसहित च्यासल मैदानमा हुनेछन् ।

समूह ‘ए’ मा चर्च ब्वाइज युनाइटेड, छहारी फुटबल क्लब, राप्ती एफसी, सिन्धुपाल्चोक एफसी, स्टुडेन्ट फुटबल क्लब, आरबी रिसोर्ट एन्ड बिच फुटबल तथा एफसी रियल छन् ।

यस्तै, समूह ‘बी’ मा न्युरोड टिम (एनआरटी), सङ्कटा एफसी, बुटवल लुम्बिनी एफसी, एन्बिएम पोखरा गर्ल्स एफसी, झापा एफसी, लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टर तथा नेपाल खेलकुद क्लब छन् ।

प्रतियोगितामा सहभागी मध्येबाट उत्कृष्ट  ५ टोली एन्फा महिला लिगमा छनोट हुने छन् ।

साथै, दुवै समूहमा शीर्ष दुई स्थान पाउने टोली एन्फा लिगमा सहभागी हुने छन् भने समूहमा तेस्रो स्थान पाउने दुई टोलीको बीचमा प्ले अफ खेल मार्फत पाँचौँ टोलीको टुङ्गो लाग्ने छ । 

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहिबार  ७ : १६ बजे

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का

दाङमा सराय नाचको रौनक सुरु

घोराही (दाङ)- दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत गरिएको

दसैँ मनाउन बाहिरिएकाहरु धमाधम काठमाडौं फर्किँदै

काठमाडौं- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका