उत्पादकत्व बढाउन नगद अनुदान | Khabarhub Khabarhub

उत्पादकत्व बढाउन नगद अनुदान


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखाको धार्चे गाउँपालिकाले उत्पादकत्व बढाउन किसानलाई नगद अनुदानको व्यवस्था गरेको छ । साथै पालिकाले उत्पादनका आधारमा गत आर्थिक वर्षमा चार लाख ६७ हजार ५०० अनुदान वितरण गरेको जनाएको छ ।

गाउँपालिकाको कृषि शाखाप्रमुख अनिल नेपालीका अनुसार उत्पादनका आधारमा व्यक्तिगत एवं समूहगत रूपमा किसानलाई अनुदान वितरण गरिएको हो । अन्न उत्पादन, नगदेबाली, पशुपालन एवं फलफूलखेती गर्नेलाई अनुदान उपलब्ध गराइएको हो ।

नगद अनुदान कार्यक्रमका लागि पाँच कृषि समूह, फलफूल तथा पशुपन्छी फार्म र १० जना किसानलाई प्रदान गरिएको हो ।

अनुदान पाएका किसानले डल्ले खुर्सानी, ड्रागन फ्रुट, मौरीपालन, केराखेती, आलु तथा सुन्तलाखेती गरेका थिए । पालिकाले नौ हजारदेखि ५१ हजार रुपैयाँसम्म अनुदान प्रदान गरेको छ ।

पालिकाले अन्य किसानलाई पनि कृषि कर्ममा अभिप्रेरित गर्न अनुदानको व्यवस्था गरिएको बताउँदै उत्पादकत्व वृद्धिका कार्यक्रममा लाग्न शाखाप्रमुख नेपालीले पालिकाका सबै किसानलाई अनुरोध गरेका छन् । (रासस)

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  ८ : ११ बजे

रास्वपा र राप्रपाले गरे प्रतिनिधिसभा बैठक बहिष्कार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले बिहीबार

एमसीए–नेपालअन्तर्गत विद्युत् प्रसारणलाइन निर्माणमा सम्झौता

काठमाडौं– मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले नेपाल र संयुक्त राज्य

प्रधानमन्त्री ओली नौ महिनामा दोस्रो पटक चीन जाँदै, सी र मोदी दुवैसँग हुनेछ भेट

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली नौ महिनामा दोस्रो पटक उत्तरी

लक्ष्मी सनराइजको खुद नाफा ४ अर्ब ११ करोड

काठमाडौं– लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक २०८१/८२ को वित्तीय

नवलपुरमा करिब दुई सय नयाँ उद्योग दर्ता

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा करिब २०० नयाँ उद्योग दर्ता भएका छन्