नेपाल यस्तो देश हो, जसले युवा बेचेर उनीहरुले पठाएको विप्रेषणमा रजाइँ गर्दछ। युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने तथा व्यवसायिक सीप सिकाउने भन्दा विदेश पठाउनमा व्यस्त हुन्छ। विकास निर्माण भन्दा जिल्ला जिल्लाबाट युवालाई पासपोर्ट दिनमा गर्व महसुस गर्छ। नेपाल सरकारले कति जना, कुन देश र कुन प्रयोजनको लागि कसरी विदेश पठाइएको भन्ने भन्दा पनि संख्या देखाएर बहादुरी देखाउँछ।
विदेश पठाउँदा श्रमिकको ज्याला तथा सुविधाभन्दा व्यक्तिको मूल्य तय गर्दछ। सीपयुक्त, सम्मानित वैदेशिक रोजगारी नभएर जोखिम काममा लागेर नेपाली युवा विदेशी कम्पनीमा बेचिन्छन्। नेपाली युवालाई नेपाल सरकारले सस्तो दरमा अनि महँगो श्रममा लिलामी गरिदिन्छ। अझ अर्को भाषामा भन्दा नेपालमा युवाको श्रमको नभएर व्यक्तिको मूल्य निर्धारण हुन्छ। त्यही पैसामा नेपालका शासक प्रशासकले मोजमस्ती गर्दछन् र युवा सहभागिता तथा रोजगारीका गफ फलाक्छन्।
विश्वव्यापीकरणको युगमा नेपाली युवालाई विश्व बजारमा पठाउनु हुँदैन भन्ने तर्क ठीक होइन। तर पहिलो शर्त युवालाई स्वदेशमै रोजगारी तथा स्वरोजगारी अवसर सिर्जना गरिनु पर्छ भन्ने हो। त्यो सबै देशको पहिलो दायित्त्व हो। राज्यको पहिलो दायित्त्व भनेको युवालाई स्वदेशमै बस्ने, काम गर्ने र सम्मानित जीवन बिताउने वातावरणको सुनिश्चितता गर्नुपर्छ। युवाको सीप, अनुभव तथा परिश्रमलाई राष्ट्र निर्माणका लागि उपयोग गर्नुपर्छ। त्यसका लागि दीर्घकालीन योजना तथा नीति निर्माणको आवश्यकता पर्दछ। अनि सरकारको तत्परता तथा प्रतिबद्धता पनि उत्तिकै महत्त्वपूर्ण कुरा हो।
नेपालबाट विश्व बजारमा जाने कामदारले उचित ज्याला सहितको सम्मानित काम पाउन सकेका छैनन्। कम ज्यालामा जोखिम र कठिन कार्य गर्न बाध्य छन्। यसो हुनुको मुख्य कारण सरकारको अक्षमता नै हो।
नेपालबाट विश्व बजारमा जाने कामदारले उचित ज्याला सहितको सम्मानित काम पाउन सकेका छैनन्। कम ज्यालामा जोखिम र कठिन कार्य गर्न बाध्य छन्। यसो हुनुको कारण सरकारको अक्षमता नै हो। पहिलो कुरा, सरकारले विदेश पठाउनु भन्दा पहिले विश्व बजारमा चाहिने दक्ष सीपयुक्त कामदार उत्पादन गर्न नसक्नु हो। जसको कारण नेपाली मजदुरले अरु देशको भन्दा त्यही काम कम ज्यालामा गरिरहेका छन्। अर्को कुरा सम्बन्धित देशसँग नेपाल सरकारको आफू अनुकुल वार्ता गर्न नसक्नु हो।
आफूसँग भएको जनशक्तिलाई देखाएर अरु देशका मजदुरले पाउने जस्तै सेवा सुविधा दिनुपर्ने भन्ने अडानमा बस्न सकेन। जसको कारण नेपाली मजदुर कम ज्यालामा कठिन काम गर्न बाध्य भइरहेका छन्।
पीडादायी तथ्याङ्क
२०८२ वैशाखसम्म नेपालबाट ६ लाख ९ हजार ७०५ जना व्यक्ति वैदेशिक रोजगारीका लागि भारत बाहेकका देशमा कामका लागि विदेशिएका छन्। हरेक दिन लगभग दुई हजार युवा कामको लागि विदेशिने गरेका छन्। गत वैशाखमा मात्र ७० हजार बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन्। २०५० यता श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ५९ लाख ६९ हजार पुगेको नेपाल सरकारको तथ्याङ्क छ।
सरकारले २०५१ देखि वैदेशिक रोजगारीमा जाने नेपालीको लागि श्रम स्वीकृति जारी गर्ने अभिलेख राख्न थालेको हो। नेपाल सरकारले वैदेशिक रोजगारीको लागि संस्थागत रूपमा एक सय ११ देशलाई खुला गरेको छ।
सरकारले वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रयोजनका लागि एक हजार पाँच सय ९९ वटा म्यानपावरलाई स्वीकृति दिएको छ।
बितेको १० वर्षमा यसरी विदेशमा ज्यान गुमाउने नेपाली श्रमिकको संख्या डरलाग्दो तरिकाले बढी रहेको देखिन्छ। सरकारी तथ्याङ्कअनुसार १० वर्षमा मात्र १० हजार नेपाली श्रमिकको ज्यान गएको छ।
बितेको १० वर्षमा यसरी विदेशमा ज्यान गुमाउने नेपाली श्रमिकको संख्या डरलाग्दो तरिकाले बढी रहेको देखिन्छ। सरकारी तथ्याङ्कअनुसार १० वर्षमा मात्र १० हजार नेपाली श्रमिकको ज्यान गएको छ।
गतवर्ष २०८०/०८१ मा एक हजार तीन सय ४६ नेपाली युवाले ज्यान गुमाएका छन्। विगत २०६५ देखि २०७९ सम्मको तथ्याङ्कलाई मात्र हेर्ने हो भने नेपाली युवाको मृत्युदर बढ्दो छ। जसमा हृदयाघात दुई हजार दुई सय ५८, प्राकृतिक मृत्यु दुई हजार दुई सय ३२, विभिन्न रोग एक हजार चार सय ९५, सडक दुर्घटना एक हजार चार सय ४०, आत्महत्या एक हजार दुई सय ८३ र कार्यस्थल दुर्घटनाबाट सात सय ७८ जनाको मृत्यु भएको छ।
बितेको एक वर्षमा मात्र साउदी अरब तीन सय ४९, मलेसिया तीन सय ४५, कतार दुई सय ४० र संयुक्त अरब इमिरेटस (युएई) बाट दुई सय ३३ जना नेपालीको शव नेपाल ल्याइएको छ। यस्तै सो अवधिमा दक्षिण कोरिया २८, कुवेत ७२, इजरायल १९, बहाइन १७, रोमानिया १२ र जापानमा १६ जनाको मृत्यु भएको छ।

क्रोएसिया १०, साइप्रस, इजरायल र उज्बेकिस्तानबाट दुईदुई, जोर्डनमा तीन जनाले ज्यान गुमाएका छन्। इजिप्ट, हङकङ, काजकस्थान र बेलायतमा एकएक जनाले ज्यान गुमाएको रेकर्ड छ। जुन तथ्याङ्क एकदमै डरलाग्दो हो।
ठगिँदै कामदार
एम्नेस्टी इन्टरनेसनलको रिपोर्टअनुसार नेपालबाट कामका लागि विदेश जाने कामदार गाउँबाटै ठगिन शुरु हुन्छ। उनीहरु पासर्पोर्ट बनाउनेदेखि गन्तव्य मुलुकसम्म ठगिन्छन्। उनीहरुलाई सही सूचना नदिएर झुक्याउने, ठग्ने गरेको जनाइएको छ। खासगरी हवाई टिकट, स्वास्थ्य परीक्षण, श्रम स्वीकृति तथा तालिमको नाममा अधिकांश कामदार ठगिने गर्दछन्। त्यतिमात्र हैन विदेशमा मृत्यु भएका नेपालीको शवमा पनि ठग्ने काम गरिन्छ। विशेष गरी मेनपावर तथा एजेन्टले वैदेशिक रोजगारीमा जाने नेपालीलाई करारनामा (सम्झौतापत्र) मा झुक्याउँछन्।
अनौठो कुरा त के भने ठगीमा नेपाल सरकारको अप्रत्यक्ष संलग्नता देखिन्छ। मेनपावर कम्पनी, सरकारी कर्मचारी तथा दलालको मिलेमतोमा विदेश जाने युवा ठगिन्छन्।
कामदारले पाउने ज्यालादर, कामको प्रकार, कामको समय, ओभरटाइम वा बिदाको सुविधा बारेमा गलत जानकारी दिन्छन्। जसले गर्दा विदेश गएपछि धेरै समस्या देखिने गरेका छन्। कामदारले भाषाको कारण सम्झौतामा भएको कुरा थाहा पाउन कठिन हुन्छ। अर्को कुरा, सम्झौता पनि अन्तिम अवस्थामा कामदारलाई दिने गरिन्छ। जब कामदार सम्बन्धित देशमा पुग्छन्, अनि मात्र उनीहरुलाई सबै कुरा थाहा हुन्छ।
अनौठो कुरा त के भने ठगीमा नेपाल सरकारको अप्रत्यक्ष संलग्नता देखिन्छ। मेनपावर कम्पनी, सरकारी कर्मचारी तथा दलालको मिलेमतोमा विदेश जाने युवा ठगिन्छन्। पहिले कामदारलाई दिएको सूचना र पछि दिने जानकारी फरकफरक दिने गरिन्छ। कसैले प्रश्न उठाएमा तिमी पहिले विदेश जाउ, म उतै मिलाइ दिन्छु भनेर कामदारलाई झुक्याइन्छ। श्रमस्वीकृति प्रणालीमा कामदारको पहुँच नभएर पनि उचित जानकारी पाउन सकिराखेका हुँदैनन्। मेनपावर कम्पनीले के कस्तो मापदण्डको आधारमा श्रमस्वीकृति लिँदैछ भन्ने कुरा श्रमिकलाई थाहा हुँदैन्। जसको कारण दलालको विश्वास मान्नु बाहेक अरु उपाय नै हुँदैन्।
बढ्दो स्वास्थ्य जोखिम
विदेशमा काम गर्ने कामदारले भोगिरहेको मुख्य ज्वलन्त समस्या स्वास्थ्य हो। अंगभंग हुने, अपाङ्ग हुने, दम तथा क्षयरोग जस्ता खतरनाक रोग नेपालीका लागि सामान्य हुन पुगेका छन्। सम्बन्धित कामको जानकारी नहुनुले दुर्घटनामा पर्नु र खानपिनको कमीले रोगको सिकार बन्दै आएका छन्। धूम्रपान तथा मध्यपानको सेवनले स्वास्थ्यमा असर पार्ने गरेको छ। दिनभरि कडा परिश्रम गरेर बेलुकी सस्तो मदिरा सेवनले स्वास्थ्य कमजोर बन्न पुग्छ।
उद्योगमा काम गर्ने कामदारलाई प्रदूषण, कृषि तथा बाहिर काम गर्ने कामदारलाई गर्मी तथा चिसोले असर पार्दै स्वास्थ्य कमजोर हुँदै जान्छ। दिनभरिको टन्टलापुर घाम तथा जिउ नै कठ्याङग्रिने जाडोको कारण स्वास्थ्यमा समस्या उत्पन्न हुने गरेको विभिन्न अनुसन्धानले देखाएको छ। कतिले त स्वास्थ्यमा देखापरेका समस्या लुकाएर पैसाको लागि जबरजस्ती काम गर्दै आएका छन्। आफ्नो स्वास्थ्य भन्दा पैसालार्ई बढी महत्त्व दिएका कारण धेरैको जिन्दगी बर्बाद भएको छ। पैसा कमाएर ल्याए पनि स्वास्थ्य चाहिँ विदेशमै छोडेर आउँछन्। सयौं नेपाली स्वास्थ्यलाई धनसँग सौदाबाजी गर्न बाध्य छन्। जुन नेपालको लागि दुर्भाग्यपूर्ण हो।
आफ्नो स्वास्थ्य भन्दा पैसालार्ई बढी महत्त्व दिएका कारण धेरैको जिन्दगी बर्बाद भएको छ। पैसा कमाएर ल्याए पनि स्वास्थ्य चाहिँ विदेशमै छोडेर आउँछन्। जुन नेपालको लागि दुर्भाग्यपूर्ण हो।
घरेलु हिंसा तथा यौन शोषण नेपाली महिला कामदारका लागि बाधक बन्ने गरेका छन्। सहज रुपमा जान सकिने खाडी मुलुक नेपाली महिला कामदारका लागि त्यति सहज छैन। घरबाट निस्कँदादेखि काम गरेर घर फर्किउन्जेलसम्मको यात्रामा पल पलमा ठगिने तथा दुःख पाउनु उनीहरुको नियति बन्न पुगेको छ। सरकारको उचित वैदेशिक नीति तथा भएको नीतिको कार्यान्वयनको अभावमा सयौं नेपाली स्वदेशमै ठगिन बाध्य छन्।
वैदेशिक रोजगार कम्पनीको लापरवाहीले फर्किएका कामदारले उचित क्षतिपूर्ति पाउन सकेका छैनन्। पाए पनि लामो तथा झन्झटिलो प्रकृयाले कामदारलाई कठिन बनाएको छ। बिरामी भएर फर्किएकाले उपचार गर्न पाएका छैनन्। झूठो विवरण दिएर विदेश पठाउने दलाल तथा मेनपावर कम्पनीलाई कारबाहीको दायरामा ल्याउन सकेको अवस्था छैन। पैसा तथा शक्तिको भरमा दलाल तथा मेनपावर कम्पनीले सहजै उन्मुक्ति पाउने गरेका छन्।
सस्तो ज्यालामा जोखिमयुक्त काम
साउदी अरब, कतार, दुबई तथा मलेसिया लगायतका देशमा जाने कामदरको संख्या अन्यत्र भन्दा बढ्दो छ। कम लागत र सहज रुपमा जान सकिने भएकाले निम्न आय भएका नेपाली कामदारको लागि यी मुलुक गन्तव्य बनेका छन्। नेपाल सरकारको आँकडालाई आधार मान्ने हो भने यहाँका अद्र्धदक्ष तथा कमदक्षता भएका कामदारको बाहुल्य छ। अधिकांश कामदार जोखियुक्त काममा जाने गरेका छन्।
बढी परिश्रम कम आय भए पनि सहजताका कारण यी क्षेत्रमा जाने कामदारको कमी छैन्। यो नेपाली कामदारका लागि बाध्यता हो। यस क्षेत्रमा सीप भएका कामदारले राम्रै कमाई गरे पनि सीप नभएका कामदारले आफ्नो खर्च उठाउन पनि धौधौ परिेरहेको छ। कतिपय कामदार गैरकानुनी काम गरेर जेल जीवन बिताइरहेका छन्। यसरी नेपाली कामदार दुखद् जिन्दगी बिताउन बाध्य छन्।
सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्नु भन्दा कामका लागि नयाँ नयाँ गन्तव्य मुलुक छान्दै आएको छ। सरकारका लागि स्वदेशमा काम सिर्जना गर्नु भन्दा नयाँ मुलुक छान्न सजिलो होला। आर्थिक दृष्टिकोणले यो सही हुनसक्छ। यसले देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्नसक्छ। कामका लागि बाहिर पलायन हुनु राष्ट्रका लागि सकारात्मक होइन। विदेश जानेक्रम तत्का रोक्न नसके पनि सरकाले चाहेमा यसलाई व्यवस्थित र मर्यादित बनाउन सक्छ ।
कामका लागि बाहिर पलायन हुनु राष्ट्रका लागि सकारात्मक होइन। विदेश जानेक्रम तत्का रोक्न नसके पनि सरकाले चाहेमा यसलाई व्यवस्थित र मर्यादित बनाउन सक्छ ।
विदेशिनेक्रमसँगै यो क्षेत्रमा अत्यधिक विकृति बढ्दै गएका छन्। कामदार ठगिने नयाँनयाँ तरिका देखा पर्न थालेका छन्। सचेतना अभावका कारण कामदार आफैँ र नीति नियमको कार्यान्वयनको अभावमा सरकार दुबै आआफ्नो ठाउँमा चुक्दै आएका छन्। जसले उनीहरुलाई काममा समस्या पार्दै आएको छ।
न सूचना, न न्याय
नेपाली आप्रवासी कामदारको सङ्ख्यामा आएको द्रुततर वृद्धिलाई दृष्टिगत गर्दा उनीहरूका अधिकारको सुरक्षा गर्न अझ बढी काम गर्नु आवश्यक छ। नेपालको अर्थतन्त्रमा आप्रवासीले उल्लेखनीय आर्थिक योगदान दिँदै आएका छन्। जसले वैदेशिक रोजगारलाई व्यवस्थित तथा मर्यादित बनाउन सहयोग पु-याउँदछ। न्याय र क्षतिपूर्ति प्राप्त गर्न प्रयास गर्ने पीडितले एकातिर सरकारी संयन्त्रसम्म उनीहरुको पहुँच पु-याउन नयाँ संरचना तथा निकायको व्यवस्था गर्नुपर्छ।
गाउँ गाउँसम्म सूचना केन्द्र स्थापना गरी तथा स्थानीय निकायसँगको साझेदारीमा वैदेशिक रोजगारीको बारेमा जानकारी दिनुपर्छ। जिल्ला प्रशासनलाई थप अधिकार प्रत्यायोजन गरी वैदेशिक रोजगारीको बारेमा पर्ने उजुरी, साँघुरो र अप्ठ्यारोलाई जिल्ला तहमै समाधान गर्न सके पीडित पक्षले सजिलै राहत पाउन सक्छन्। यो नै सबैभन्दा प्रभावकारी कदम हुन सक्छ। स्वदेशमा रोजगारी सिर्जनासँगै वैदेशिक रोजगारीलाई व्यवस्थित पार्न सके राष्ट्रले चाँडै आर्थिक उन्नति गर्न सक्छ।
स्वदेशमा रोजगारी सिर्जनासँगै वैदेशिक रोजगारीलाई व्यवस्थित पार्न सके राष्ट्रले चाँडै आर्थिक उन्नति गर्न सक्छ।
सरकारले पहिलो कुरा युवालाई देशमै बसेर काम तथा रोजगारी गर्ने अवसरको सिर्जना गर्नुपर्छ। त्यसका लागि बृहत् तथा दिगो रुपमा नयाँ नीति तथा कार्यक्रम ल्याई कार्यान्वयनको सुनिश्चिता गर्न सक्नुपर्छ। अनि विदेश जान इच्छुक युवालाई दक्ष बनाउनु पर्छ। उपयुक्त सीप तथा भाषा सिकाई सक्षम बनाउनु पर्छ। जसले उचित ज्याला र सम्मानित रोजगारीको सुनिश्चित गर्दछ। जोखिमलाई पनि न्यूनिकरण गर्दछ। अनि युवा विदेश जानु भन्दा पहिले नै एकीकृत सूचना तथा जानकारी दिइनुपर्छ। जसले विदेश जाने युवा सुसूचित हुन्छन् र ठगिनबाट बच्न सक्छन्।
नेपाल सरकारले आफ्ना नागरिक पठाउने देशसँग थप नयाँ सर्त र सुविधाका लागि पहल गर्नुपर्छ। कामको स्वीकृति तथा जोखिमलाई न्यूनिकरण गर्नको लागि सम्बन्धित देशसँग अन्तर्राष्ट्रिय अभ्यास र आइएलओले तोकेका मापदण्डको आधारमा तय गर्नुपर्छ। यसका लागि दक्ष कामदार, उचित नीति तथा राज्यको पनि क्षमता बढाउनुपर्छ। साथै, महिला कामदार सुरक्षा तथा कामको ग्यारेन्टी गरिनुपर्छ। पछिल्लो समय वैदेशिक कामदारको नाममा युवा बेच्ने काम मात्र भइराखेको छ। यसले केही राज्यलाई आर्थिक फाइदा भए पनि दीर्घकालीन मानवीय क्षति बढ्दै जान्छ। नभए स्वस्थ युवा पठाएर रोगी युवा फर्काउने काम बाहेक थप केही उपलब्धि हुँदैन।
प्रतिक्रिया