कृष्णपुरमा छाउगोठ भत्काउने अभियान « Khabarhub

कृष्णपुरमा छाउगोठ भत्काउने अभियान


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ स्थित हनुमानपुरमा रहेका २० छाउगोठ भत्काइएको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार स्थानीय जनप्रतिनिधिको सहयोगमा हनुमानपुरमा रहेका छाउगोठ भत्काइएको हो । कृष्णपुर-१ मा वडा सदस्य रत्नादेवी बोहराको संयोजकत्वमा समिति बनाएर छाउगोठ भत्काउने अभियान सञ्चालन गरिएको छ । 

असार अन्तिम साता कृष्णपुर-१ स्थित निगालीमा छाउगोठमा सुतेकी कमला आउजीको सर्पदंशबाट मृत्यु भएपछि नगरपालिकाले पन्ध्र दिनभित्र छाउगोठ नभत्काए कानुन अनुसार कारबाही र १० हजार जरिवाना गर्ने चेतावनी दिएको थियो । 

नगरपालिकाको चेतावनी पछि पनि स्थानीयले छाउगोठ नभत्काएपछि पालिकाले वडा सदस्य बोहराको संयोजकत्वमा समिति बनाएर छाउगोठ भत्काउने अभियान सुरु गरेको हो ।

‘हामीले पटक पटक सम्झाई बुझाइ गर्दा पनि छाउगोठ भत्काउन मानेनन ।’ वडा सदस्य रत्ना देवी बोहराले भने,’स्थानीयले अटेरी गरेपछि स्थानीय क्लब, जनप्रतिनिधि र प्रहरीको सहयोगमा छाउगोठ भत्काउने अभियान नै चलाएका छौ ।’

उनका अनुसार मंगलबार र बुधवार उक्त स्थानमा ३६ छाउगोठ भत्काइएको छ । वडा कार्यालयले गत वर्षदेखि नै छाउगोठ भत्काउने अभियान सञ्चालन गरेपनि स्थानीयको अवरोधले अभियान बिचमै रोकिएको थियो । छाउगोठमा सर्पले टोकेर महिलाको मृत्युको घटनापछि जिल्ला प्रशासन कार्यालयले समेत कुरिती हटाउन सबै पालिकालाई निर्देशन दिएको थियो । 

कृष्णपुर –१ का वडा अध्यक्ष मोहन बस्नेतले हरेक दिन दिउँसो १ बजेदेखी वडामा छाउगोठ भत्काउने अभियान सञ्चालन हुने गरेको बताए। 

‘हामी यो कुरिति हटाउने अभियानमा लागेका छौ यहाँका बाल क्लब,स्थानीय र स्वयंसेवकले पनि सहयोग गरेका छन ।’ उनले भने ‘पालिकाले पनि छाउगोठ नभत्काउनेको सेवा सुविधा रोक्ने तयारी गरेको छ ।’ 
 

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  १२ : २६ बजे

ब्राजिल विश्वकप समूह सी’ को विजेता : ह्याट्रिक गर्न चुके विनीसियस जुनियर

काठमाडौँ – स्टार फरवार्ड विनीसियस जुनियरको उत्कृष्ट प्रदर्शनको मद्दतले ब्राजिल

ब्राजिलद्वारा स्कटल्यान्ड ३–० ले पराजित, अन्तिम ३२ को समीकरण रोचक

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असार ११ गते बिहीबार सन् २०२६

स्कटल्यान्डविरुद्ध ब्राजिलको दबदबा : ६० मिनेटमा तीन गोलको अग्रता

काठमाडौँ – फिफा विश्वकप अन्तर्गत समूह ‘सी’ को खेलमा ब्राजिलले

आज २०८३ साल असार ११ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ११ गते बिहीबार सन् २०२६