कक्षा १२ को परिक्षामा बेहेरेश्वर माविका शतप्रतिशत विद्यार्थी उत्तीर्ण « Khabarhub

कक्षा १२ को परिक्षामा बेहेरेश्वर माविका शतप्रतिशत विद्यार्थी उत्तीर्ण


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

भोजपुर– रामप्रसादराई गाउँपालिका–५ मानेभञ्याङमा रहेको बेहेरेश्वर माध्यमिक विद्यालय कक्षा १२ को परीक्षामा शतप्रतिशत विद्यार्थी पास गराउन सफल भएको छ । परीक्षामा सामेल भएका सम्पूर्ण २१ विद्यार्थी नै पास भएको विद्यालयले जनाएको छ । 

परिक्षामा सामेल सम्पूर्ण विद्यार्थी पास गराएर बेहेरेश्वर माध्यमिक विद्यालय  कोशी प्रदेशमा पहिलो बनेको वडाध्यक्ष जगतबहादुर चौहानले जानकारी दिए ।

राष्ट्रिय परिक्षा बोर्डले सार्वजनिक गरेको नजिता अनुसार सतप्रशित विद्यार्थी उत्तीर्ण गराउनेमा कोशी प्रदेशका १३७ स्थानीय तहमध्ये पहिलो बनेको उहाँको दाबी छ । सामुदायिकतर्फ कोशी प्रदेशमा यो विद्यालय प्रथम बनेको वडाध्यक्ष चौहानले बताए । 

‘बेहेरेश्वर मावि कक्षा १२ को नतिजामा कोशी प्रदेशमा प्रथम बनेको छ’, वडाध्यक्ष चौहानले भने, ‘शैक्षिक सुधारका क्षेत्रमा विभिन्न काम गरेसँगै विद्यालयलाई कोशी प्रदेशमा पहिलो बनाउन सफल भएका छौँ ।’ विसं २०७५ बाट कक्षा ११ र १२ सञ्चालन गरिएको विद्यालयमा चार वर्षसम्म वडाले बजेट विनियोजन गरेको वडाध्यक्ष चौहानले बताए । 

यो विद्यालयमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले समेत अध्ययन गरेको उनको भनाइ छ । विसं २०१९ मा पूर्व राष्ट्रपति भण्डारीका पिता रामबहादुर पाण्डेले प्राथमिक विद्यालयमा स्वीकृत गराएको उनले जानकारी दिए । रासस

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  १२ : ४३ बजे

जेन-जी आन्दोलमा झापामा जलेका संरचना निरीक्षण गरेर चुनावी अभियान सुरु गर्दै ओली

काठमाडौं – उम्मेद्वारी दर्ताका लागि झापा पुगेका नेकपा (एमाले)का अध्यक्ष

कांग्रेसमा युवा नेतृत्वको पहिलो कदम सफल भयो : चन्द्र भण्डारी

काठमाडौं – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीमा युवा नेतृत्वको

पत्रकारिता छोडेर ऋषि धमला राजनीतिमा : रौतहट–४ बाट चुनाव लड्दै

काठमाडौं – पत्रकार ऋषि धमला राजनीतिमा औपचारिक रुपमा प्रवेश गरेका

आगलागीले निस्सासिएकी वृद्धाको उद्धार

कर्णाली – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मङ्गलगढी चोक नजिक रहेको मानिकेज

देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा चुनाव नलड्ने