लक्ष्मी सनराइजको खुद नाफा ४ अर्ब ११ करोड « Khabarhub

लक्ष्मी सनराइजको खुद नाफा ४ अर्ब ११ करोड


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक २०८१/८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ४०.९७ प्रतिशतले वृद्धि भएको छ । 

गत वर्ष कम्पनीले ४ अर्ब ११ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब ९२ करोड ३ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । 

बैंकको खुद ब्याज आम्दानी भने ७.९९ प्रतिशतले घटेको छ । बैंकको यस्तो आम्दानी गत वर्ष ११ अर्ब ३७ करोड ६३ लाख रुपैयाँ भएको छ । 

बैंकको ३ अर्ब ५३ लाख रुपैयाँ बराबरको नाफा बढ्न सक्ने क्षमता हरेको छ । बैंकको प्रतिशेयर आम्दानी ४.९१ प्रतिशतले बढेर १६.९१ रुपैयाँ पुगेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १८६.६३ रुपैयाँ छ भने खराब कर्जा ४.२५ प्रतिशत रहेको छ ।
 
बैंकको चुक्ता पुँजी २४ अर्ब ३४ करोड ६५ लाख रुपैयाँ बराबरको रहेको बैंकको जगेडा कोषमा २१ अर्ब ९ करोड २५ लाख रुपैयाँ बराबरको सञ्चिति छ । 

गत वर्ष बैंकले ३ खर्ब ६७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  १ : १२ बजे

फिल्म ‘आबाट आमा’को गीत ‘लैजा खबर ए हावा’ नेवारी भर्सनमा सार्वजनिक

काठमाडौं – आगामी माघ १६ बाट प्रदर्शनमा आउन लागेको फिल्म

छिमेकी देशबाट दुई हजार पाँच सय अफगान कैदी स्वदेश फिर्ता

काबुल- छिमेकी मुलुक इरान र पाकिस्तानबको हिरासतमा रहेका करिब दुइृ

जापान र चीनबीच बढ्दो तनाव

काठमाडौं- गत वर्ष चिनियाँ जनताले जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध तथा

सुनसरीमा जङ्गली हात्तीको आक्रमणबाट दुई जना घाइते

धरान– सुनसरीको बराहक्षेत्र नगरपालिका-३ नडाहास्थित कालिन्द्र सामुदायिक वनमा जङ्गली हात्तीको आक्रमणबाट