लक्ष्मी सनराइजको खुद नाफा ४ अर्ब ११ करोड « Khabarhub

लक्ष्मी सनराइजको खुद नाफा ४ अर्ब ११ करोड


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक २०८१/८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ४०.९७ प्रतिशतले वृद्धि भएको छ । 

गत वर्ष कम्पनीले ४ अर्ब ११ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब ९२ करोड ३ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । 

बैंकको खुद ब्याज आम्दानी भने ७.९९ प्रतिशतले घटेको छ । बैंकको यस्तो आम्दानी गत वर्ष ११ अर्ब ३७ करोड ६३ लाख रुपैयाँ भएको छ । 

बैंकको ३ अर्ब ५३ लाख रुपैयाँ बराबरको नाफा बढ्न सक्ने क्षमता हरेको छ । बैंकको प्रतिशेयर आम्दानी ४.९१ प्रतिशतले बढेर १६.९१ रुपैयाँ पुगेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १८६.६३ रुपैयाँ छ भने खराब कर्जा ४.२५ प्रतिशत रहेको छ ।
 
बैंकको चुक्ता पुँजी २४ अर्ब ३४ करोड ६५ लाख रुपैयाँ बराबरको रहेको बैंकको जगेडा कोषमा २१ अर्ब ९ करोड २५ लाख रुपैयाँ बराबरको सञ्चिति छ । 

गत वर्ष बैंकले ३ खर्ब ६७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  १ : १२ बजे

काठमाडौंमा शहिद स्मारक एन्फा महिला लिग सुरु हुँदै

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा चैत ४ गते

युक्रेनले इरानको आक्रमणविरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने

एजेन्सी– युक्रेनले इरानी आक्रमणविरुद्ध खाडी सहयोग परिषद (जीसीसी) राज्यहरूको समर्थन

रास्वपाबारे शंकर पोखरेल : लोकप्रियतावाद र अराजकतावादको जगमा उदायो, जनताले एमालेको साथ छाडेका छैनन्

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी

इरानका सुरक्षा प्रमुख अली लारिजानी मारिएको इजरायली रक्षामन्त्रीको दाबी

काठमाडौं- इजरायलले इरानमा गरिएको कारवाहीमा परी सुरक्षा प्रमुख अली लारिजानी

नेप्से परिसूचक १३ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको