वर्षे धानको न्यूनतम समर्थन मूल्य तोकेसहित यस्ता छन् मन्त्रिपरिषद्का निर्णय « Khabarhub

वर्षे धानको न्यूनतम समर्थन मूल्य तोकेसहित यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

एआई नीति स्वीकृत


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले चालु आर्थिक वर्षको लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । 

बिहीबार सिंहदरबारमा साउन २६ गते बसको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले मोटा धानको प्रति क्विन्टल ३ हजार ४ सय ६३ रुपैयाँ ८१ पैसा र मध्यम धानको प्रति क्विन्टल ३ हजार ६ सय २८ रुपैयाँ ३३ पैसा न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय भएको जानकारी दिए ।

बैठकले दक्षिणकोरिया सरकारबाट गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार विकास परियोजनाका लागि प्राप्त हुने ९० लाख अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ भने राष्ट्रिय सहकारी नियमन प्राधिकरणको रिक्त विज्ञ सदस्यमा डा रमेश प्रसाद चौलागाईलाई नियुक्त गरेको छ ।

त्यस्तै बैठकले नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर तोक्ने निर्णय गरेको छ । जसअनुसार नागढुङ्गा सुरुङमार्ग हुँदै कार/भ्यान काठमाडौं आउँदा ६५ रुपैयाँ र जाँदा  ६० रुपैयाँ, मिनीबस/मिनी ट्रक काठमाडौं आउँदा ११५ रुपैयाँ र जाँदा ८० रुपैयाँ, ठूला बस र ट्रक काठमाडौं आउँदा २ सय ६० रुपैयाँ र जाँदा २ सय रुपैयाँ तथा भारी उपकरण काठमाडौं आउँदा ६ सय रुपैयाँ र जाँदा २ सय ५० रुपैयाँ दस्तुर लाग्ने प्रवक्ता गुरुङले बताए । 

त्यस्तै मन्त्रिपरिषद्ले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स(एआई) नीति, २०८२ स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  १ : ३९ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले