कैलाली र कञ्चनपुरमा ‘जनता आवास कार्यक्रम’अन्तर्गत २० घर निर्माण « Khabarhub

कैलाली र कञ्चनपुरमा ‘जनता आवास कार्यक्रम’अन्तर्गत २० घर निर्माण


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

अत्तरिया– सहरी विकास तथा भवन कार्यालय कैलालीले ‘जनता आवास कार्यक्रम’ अन्तर्गत २० घर निर्माण सम्पन्न गरेको छ । कार्यालयले गत आर्थिक वर्ष २०८१-८२ मा कैलाली र कञ्चनपुरमा उक्त घर निर्माण सम्पन्न गरेको हो ।

प्रदेश सरकारको बजेटमा विपन्न परिवारका कैलालीमा १० र कञ्चनपुरमा १० दुईकोठे घर निर्माण गरिएको कार्यालयका सूचना अधिकारी रोहित अधिकारीले जानकारी दिए । उनका अनुसार कैलालीको जानकी गाउँपालिकाको वडा नं। २, ५, ८ र ९ मा १० घर, कञ्चनपुरको भीमदत्त नगरपालिका–३, ७, १० र ११ मा छ र  दोधारा–चाँदनी नगरपालिका–३, ६ तथा ७ मा चार घर निर्माण गरिएको हो । 

उनले भने, ‘सबै घर गत आवमा नै निर्माण सम्पन्न गरि लाभग्राहीलाई हस्तान्तरण गरिसकेका छौँ, लाभग्राहीहरू घरमा बसिसक्नुभएको छ ।’ सुदूरपश्चिम प्रदेश सरकारले २० घर निर्माणका लागि गत आर्थिक वर्ष २०८१-८२ मा रु ७० लाख बजेट विनियोजन गरेको उनले जानकारी दिए ।

कैलालीमा प्रतिघर निर्माण लागत चार लाख ८३ हजार ९९१ र कञ्चनपुरमा प्रतिघर निर्माण लागत रु चार लाख ९६ हजार २३३ रहेको उनले जानकारी दिए । कार्यालयले प्रतिघर निर्माणका लागि रु तीन लाख ५० हजार उपलब्ध गराएको र बाँकी रकम बराबरको लाभग्राहीले श्रमदान गरेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  १ : ५२ बजे

भेनेजुएलामा ठूलो भूकम्पपछि २० भन्दा बढी पराकम्प, ट्रम्पद्वारा सहयोगको प्रतिबद्धता

काठमाडौँ – पहिलो मुख्य भूकम्पपछि भेनेजुएलामा २० भन्दा बढी पराकम्प

मेक्सिकोको समूह विजेता बन्दै नकआउट चरणमा

मेक्सिको सिटी – घरेलु टोली मेक्सिकोले जारी विश्वकप फुटबलको समूह

विश्वकप फुटबल : धेरै सेलिब्रेटी मेसीकै फ्यान

काठमाडौँ- नायक अनमोल केसी यही साता अमेरिका उड्ने तयारीमा छन्

दक्षिण कोरियामाथि अफ्रिकाको रोमान्चक जित, समूह उपविजेता बन्दै नकआउट चरणमा

काठमाडौँ – दक्षिण कोरियामाथि १–० को रोमाञ्चक जित निकाल्दै दक्षिण