कैलाली र कञ्चनपुरमा ‘जनता आवास कार्यक्रम’अन्तर्गत २० घर निर्माण « Khabarhub

कैलाली र कञ्चनपुरमा ‘जनता आवास कार्यक्रम’अन्तर्गत २० घर निर्माण


२९ श्रावण २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

अत्तरिया– सहरी विकास तथा भवन कार्यालय कैलालीले ‘जनता आवास कार्यक्रम’ अन्तर्गत २० घर निर्माण सम्पन्न गरेको छ । कार्यालयले गत आर्थिक वर्ष २०८१-८२ मा कैलाली र कञ्चनपुरमा उक्त घर निर्माण सम्पन्न गरेको हो ।

प्रदेश सरकारको बजेटमा विपन्न परिवारका कैलालीमा १० र कञ्चनपुरमा १० दुईकोठे घर निर्माण गरिएको कार्यालयका सूचना अधिकारी रोहित अधिकारीले जानकारी दिए । उनका अनुसार कैलालीको जानकी गाउँपालिकाको वडा नं। २, ५, ८ र ९ मा १० घर, कञ्चनपुरको भीमदत्त नगरपालिका–३, ७, १० र ११ मा छ र  दोधारा–चाँदनी नगरपालिका–३, ६ तथा ७ मा चार घर निर्माण गरिएको हो । 

उनले भने, ‘सबै घर गत आवमा नै निर्माण सम्पन्न गरि लाभग्राहीलाई हस्तान्तरण गरिसकेका छौँ, लाभग्राहीहरू घरमा बसिसक्नुभएको छ ।’ सुदूरपश्चिम प्रदेश सरकारले २० घर निर्माणका लागि गत आर्थिक वर्ष २०८१-८२ मा रु ७० लाख बजेट विनियोजन गरेको उनले जानकारी दिए ।

कैलालीमा प्रतिघर निर्माण लागत चार लाख ८३ हजार ९९१ र कञ्चनपुरमा प्रतिघर निर्माण लागत रु चार लाख ९६ हजार २३३ रहेको उनले जानकारी दिए । कार्यालयले प्रतिघर निर्माणका लागि रु तीन लाख ५० हजार उपलब्ध गराएको र बाँकी रकम बराबरको लाभग्राहीले श्रमदान गरेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहिबार  १ : ५२ बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६